logo
शुक्रबार, साउन २९ २०८३

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै


  • कुइनेटो न्युज
  • आइतबार, असोज २ २०७९

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिक तर्फको उम्मेदवारको नामावली टुंग्याउने छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको र अब टुंग्याइने बताए । संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार टुंग्याउनुपर्नेछ ।

४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज आइतबारबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend