logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कूललाई


  • तुलसी निरौला
  • सोमबार, भाद्र २७ २०७९

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले हात पारेको छ ।
पोखरामा भएको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको फाइनलमा सात वटा प्रदेशका बिद्यालयका नृत्य प्रतियोगि विद्यार्थीहरुलाई पछि पार्दै मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलका नृत्य प्रतियोगि विद्यार्थी प्रथम भएका हुन् ।
सिद्धार्थ सेकेण्डरी स्कूलले सुन्दरहरैँचा नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम , मोरङ जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम ,प्रदेश नं.१स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम हुँदै पोखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा भाग लिएको सिद्धार्थ सेकेण्डरी स्कूलका प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।
सिद्धार्थ सेकेण्डरी स्कूलमा अध्ययनरत् १६ जना बिद्यार्थीले नृत्य प्रशिक्षक सुनिल थापाले गीत खोजी अनुसन्धान गरेको तथा कोरियोग्राफी गरेको लोपोन्मुख किसान जातीको डाँटा नृत्य प्रस्तुत गरेको र सोही नृत्य पोखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएको उनले बताए ।
पोखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले प्रथम भएर एक लाख रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले बताए । पोखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएर सुन्दरहरैँचा नगरपालिकाको गौरव वढाएको भन्दै सुन्दरहरैँचा नगरपालिकाकोतर्फबाट समेत सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले दुई लाख रुपैयाँ दिने घोषणा गरेको उनले बताए ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend