कमल । झापा भद्रपुर नगरपालिका.बाट चोरी भएका सामान सहित चोरीमा संलग्न २ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगरपालिका ७ बिशम टोल स्थित राजेन्द्र गिरीले घरबाट कोही नभएको मौका पारी सामान चोरी भएको उजुरी प्रहरीमा पेश गरेपछी सोहि उजुरीको आधारमा अनुशन्धान गर्दा भद्रपुर नगरपालिका १० निवासी वर्ष २२ का रितिक कुमार शर्मा र वडा नम्वर ७ निवासी रोशन राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका व्याक्तिका साथ बाट रेडमी कम्पनीको मोबाईल सेट एक थान , टुक्रा पारेको अवस्था रहेको सुनको पहेलो रङको चुराको टुक्रा थान–२ थान टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको पञ्चरत्नको टुक्रा दुइ थान ,पहेलो रङको सुनको ब्रास्लेट एक थान , कानमा लगाउने पहेलो रङको सुनको रामलिला दुई थान, र टुक्रा पारेको अवस्थामा रहेको सुनको पहेलो रङको चन्द्रमाको टुक्रा दुई थान फेला परेको प्रहरीले जनाएको छ ।
चोरीमा सम्लग्न व्याक्तिलाई झापा जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।