कमल, भदौ २० । कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयले उपभोक्ता समिती गठनकालागी टोलविकास सस्थाका प्रतिनिधी संग छलफल र अन्तरकृया सम्पन्न गरेको छ ।
कमल गाउँपालिका को ११ औं गाउँसभा बैठकबाट चालु आर्थिक वर्षकालागी पास भएका नीति तथा कार्यक्रम अन्तर्गत वडा नम्वर ३ मा परेका योजना कार्यान्वयनकालागी टोल विकास सस्थाका प्रतिनिधी संग अन्तरकृया तथा छलफल गरेको हो ।
गाउँकार्यपालिको बैठकको निर्णय अनुसार यहि भदौ मसन्त सम्ममा उपभोक्ता समिती गठन गरि सक्नुपर्ने निर्णय भए अनुसार वडा कार्यलयले टोलविकास सस्थाका प्रतिनिधी संगको छलफल तथा अन्तरकृया लाई तिव्रता दिएको हो ।
गाउँसभा बैठकबाट चालु आर्थिक वर्षकालागी पास भएका कार्यक्रम अन्तर्गत वडा नम्वर ३ का विभिन्न गल्लि तथा बाटाको स्तर उन्नती गर्नुपर्ने भएकोले ति बाट तथा गल्लि सग जोडिएका उपभोक्तहरुको भेला बाट उपभोक्ता समिती गठन गरी काम सुरुगर्नु पर्ने भएकोले त्यसको समन्वयनकारी भुमिकामा रहेको टोल विकास सस्थाका प्रतिनिधी संग छलफल र अन्तरकृया गरिएको वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।