logo
शुक्रबार, साउन २९ २०८३

डाँफे सामुदायिक बचत तथा ऋण सकारी सस्थाको १५ औं वार्षिक साधारण सम्पन्न

पत्रकार र जनप्रतिनिधी सहित एक दर्जन भन्दा बढी सम्मानित तथा पुरस्कृत


  • उमानाथ भण्डारी
  • सोमबार, भाद्र २० २०७९

कमल । झापाको दमक ५ स्थित डाँफे सामुदायिक बचत तथा ऋण सकारी सस्था लिमिटेडले आज आफ्नो १५ औं वार्षिक साधारण सम्पन्न गरेको छ ।
गत भदौ १३ गते देखी छलफल र एकाईगत साधारण सभा गर्दै आएको सहकारीले आज पत्रकार सहित विभिन्न व्याक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै अन्तिम साभारण सभा सम्पन्न गरेको हो ।
सहकारीका माध्यम बाट चलेका देश आज विश्वमा धनि भएका छन् । विश्वमा आज सहकारीले कृषी र उद्योगमा अत्यन्तै ठुलो प्रगती गरेको छ । जुन देशमा सहकारी सहकारीको दर्शन ,मुल्य ,मान्यताका आधारमा चलेका छन् ति देश आज धनि भएका छन् । आज तिन खम्वे अर्थ नितीका कारण सहकारीको मध्यम बाट देशमा धेरै ठुला आर्थिक क्रान्ति भएको छ । आज विश्वका ९५ भन्दा बढी देशमा सहकारीले धेरै प्रगती गरेको छ । नेपालमा ७३ लाख सदस्य सहकारीमा आवद्ध छन् त्यस मध्ये ५६ प्रतिशत महिला छन् । सहकारीको माध्यम बाट आज महिलामा ठुलो परिवर्तन आएको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलले बताउनुभयो ।

     पत्रकार विनोद सापकोटा

तरलताको विषयलाई लिएर बजारमा जुन हल्ला छ त्यसमा सत्यता छैन । अहिले एक हप्ता देखी यो समस्या मा सुधार आउदै छ । वास्तवमा कोभिड १९ र रुस र युक्रेनको युद्धका कारण यस्तो समस्या आएको हो । अब यो समस्य छिटै हलहुने समेत उपाध्यक्ष पोख्रेलले बताउनु भयो ।
साधारण सभाले पास गरेका निती तथा कार्यक्रम कार्यान्वयन भएर लागुहुन सकेमा मात्र सस्था सवलहुन्छ । सस्थाले सन्चालन गरेका हरेक गतिविधी सदस्य केन्द्रित हुनुपर्छ तवमात्र सस्था प्रति सदस्यको विश्वस बढ्दै जाने कन्चनजङ्गा वहुउद्येश्यीय सहकारी सस्थाका अध्यक्ष मणि भण्डारीले बताउनु भयो ।
सस्थाले यस्तो असहज अवस्थामा समेत सदस्यको माया र विश्वसका कारण यस वर्ष ७३ करोड ८२ लाख ४५ हजार ५२१ रुपैया कारोवार प्रस्तुत गर्न सस्था सफल भएको छ । सदस्य संगको दिगो सम्बन्ध स्थापित गर्दै सामुदायीक विध्यालयमा अध्यायनरत सदस्यका २ जना विध्यार्थिको शैक्षीक अभिभावकत्व ग्हण गर्ने सस्थाले निति दिएको छ । यसका साथै विमा बचत,शैक्षिक सम्मान कार्यक्रम, ग्रीन काड,उध्यमशिलता पुरस्कार लगायतका कार्यक्रम थप गरिएको सस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बताउनुभयो ।
त्यसैगरी साधारण सभाको अवसरमा सस्थाले जनप्रतिनिधी, तथा पत्रकार सहित विभिन्न व्याक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । जस अन्तर्गत जेष्ठ सदस्य सम्मान पुरस्कार तर्फ खादा तथा नगद २ हजार १०१ रुपैया सहित ऋतु प्रसाद खनाल, पत्रकार सम्मान तर्फ खादा तथा नगद ५ हजार १ सय रुपैया सहित विनोद सापकोटा र कर्मचारी सम्मान तर्फ खादा तथा नगद ५ हजार १ रुपैया सहित हेमराज काफ्लेलाई सम्मान तथा परस्कृत गरिएको थियो । त्यसैगरी सस्थामा कारोवार गर्ने सदस्यहरु मध्ये स्थानिय तहको जनप्रतिनिधीमा निर्वाचित एक दर्जन भन्दा बढी सदस्यलाई समेत साधारण सभाको अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रम सस्थाका सचिव लिलानाथ खनाले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend