logo
शुक्रबार, साउन २९ २०८३

नेपाल बुध्दिजीवी परिषद कमलको प्रथम अधिवेशन सम्पन्न

अध्यक्षमा रुकमान


  • उमानाथ भण्डारी
  • आइतबार, भाद्र १९ २०७९

कमल । नेपाल बुध्दिजीवी परिषदको कमल गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
एमालेको महत्वपूर्ण जनसंगठनका रुपमा रहेको नेपाल बुध्दिजीवी परिषद कमलको शनिवार केर्खामा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

परिषदको शंसोधित नयाँ विधान अनुसार अहिले पालिका स्तरमा धमाधम अधिवेशन भैरहेका छन् सोहि क्रममा आज कमल गाउँपलिको प्रथम अधिवेशन सम्पन्न भएकोमा शुभकामना दिन चाहान्छु । काम गर्न सहजताकालागी गाउँ ,जिल्ला, प्रदेश र संघ स्तरिय कमिटी गठन भएका छन् जो जाहाँ बसेर काम गरेपनि सबै एउटै हो । बुध्दिजीवी परिषदले के गर्नु पर्ने हो यस विषयमा तपाईहरु आफै जानकार हुनुहुन्छ । परिषदलाई बजबुत बनाउदै निर्वाचन लक्षित कार्यक्रम गर्नुपर्ने बेला आएको कार्यक्रमका प्रमुख अतिथी नेपाल बुध्दिजीवी परिषदका केन्द्रिय अनुशासन आयोगका सदस्य कमल ओस्तीले बताउनु भयो ।

त्यसैगरी संगठन शसक्त हुन नसकेका कारण स्थानिय निर्वाचनमा पराजय भोग्नु परेको छ । यो ठाउमा पाटीले चुनाव हार्ने नै होईन तर संगठनले शसक्त रुपमा काम नगरेका कारण हार व्योहोर्नु परेको छ । हामि समाजका बुद्धिजीवी बर्ग हौ । देशको अवस्था हिजो कता थियो आज कता गै रहेको छ , यो आम जनतालाई बुझाउदै आगामी मंसिर ४ गतेहुने संघ र प्रदेशको निर्वाचनमा लाग्नु पर्ने कार्यक्रमका विषेश अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधी मोहन कुमार बगालेले बताउनु भयो ।

  परिषदका नवनिर्वाचित कमिटी

त्यस्तै नेपाल बुध्दिजीवी परिषद संग पाटीले ठुलो आश गरेको हुन्छ । समाजलाई गातिशील बनाउन तपाईहरुको हमत्व पुर्ण भुमिका छ । आज देशमा के भै रहेको छ तपाईहरुले बुझ्नु भएकै छ । आगामी दिनमा गाउँपालिकामा भएका सबैलाई गोलाकार बनाउदै निर्वाचनमा केन्द्रित भएर लाग्न विषेश अतिथी नेकपा एमाले कमलका ईन्चार्ज नारायाण गौतमले बताउनु भयो ।
नेपाल बुध्दिजीवी परिषद कमलका सदस्य टेकनाथ रिजालले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने सचिव टिकादत्त गौतमले सन्चालन गर्नुभएको थियो ।
परिषदको अध्यक्षमा ः रुकमान

     अध्यक्ष सुब्बा 
नेकपा बुध्दिजीवी परिषद कमल गाउँपालिकाको शनिवार केर्खामा सम्पन्न प्रथम अधिवेशनले रुकमान सुब्बाको अध्यक्षतामा नयाँ नेृत्व चयन गरेको छ ।
१८ सदस्यीय परिषद्को उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, सचिवमा टिकादत्त गौतम उपसचिवमा टेकनाथ रिजाल र निर्मल गड्तौला, कोषाध्यक्षमा बचना राई सर्व सम्मत चयान हुनुभएको निर्वाचन समिती सदस्य उमानाथ अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी परिषदको सदस्यमा तिर्थबहादर थापा,दुर्गा प्रसाद पराजुली,ओमप्रसाद निरौला,प्रभाखर काफ्ले, सुमन गौतम,रत्न थापा रामप्रसाद पोख्रेल,प्रतिमा पन्त,वलराम कट्टेल,डिक बहादर लिम्वु,मिना लावती,उमानाथ भण्डारी समेत निर्विरोध चयनहुनुभएको निर्वाचन समिती सदस्य अधिकारीले बताउनुभयो
त्यसैगरी परिषदको आगामी भदौ २५ गते हुने प्रदेश अधिवेशनकालागी हल बाट मोहन कुमार बगालेलाई प्रदेश प्रतिनिधी पठाउने निर्णय गरिएको परिषदले जनाएको को ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend