logo
शुक्रबार, साउन २९ २०८३

स्वर्णलक्ष्मीले १३ औं वार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा बुद्धि सागर वराल


  • मनकुमार गदाल
  • आइतबार, भाद्र १९ २०७९

दमक , झापाको दमकमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्था दमकले आज आफनो वार्षिक साधारण सभा साथै नयाँ सञ्चालक समिति चयन गरेका छन् । दमक ६ स्थित प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मीले १३ औं वार्षिक साधारण सभाको इकाइ गत भएको निर्णयहरुको एकीकरण ,प्रमाणीकरण र निर्वाचन सम्पन्न गरेको हो । दमक ५ मा मुख्य कार्यालय रहेको प्रशान्ति महिला सहकारीले पनि दशौ साधारण सभा र निर्वाचन सम्पन्न गरेको छ ।
स्वर्णलक्ष्मीले आज दमकमा आयोजना गरेको१३औं चुनावी साधारण सभामा बुद्धि सागर वरालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सचिवमा संजीव रिमाल र कोषध्यक्षमा चन्द्रमाया निरौला (जमुना) अधिकारी चयन हुनु भएको छ । यसै गरी सञ्चालक सदस्यहरुमा प्रेम कुमारी रिजाल अशोक सुवेदी ,दिनेश अधिकारी र राजन श्रेष्ठ सर्वसम्मत रुपले चयन हुन भएको निर्वतमान अध्यक्ष रवि केसीले जानकारी दिनु भयो ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा गायत्री प्रसाद अधिकारी सदस्यहरु गंगा पौडेल र अविचन्द्र प्रसाई रहनु भएको छ ।
उद्घाटन सत्रको कार्यक्रममा एक वर्ष भित्र कर्मचारीहरुले गरेको कामको मुल्याङन गरी यस वर्षको हिरो अफ दि स्वर्णलक्ष्मी पुरस्कारवाट कर्मचारी भगिरथ अधिकारीलाई प्रमुख अतिथि जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकालले पुरस्कृत गर्नु भएको छ । त्यसै गरी पूर्व लेखा समिति सदस्य राधिका खतिवडा अधिकारीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर प्रमुखअतिथि ढकाल र संस्थाका अध्यक्ष रवि न्यौपानेले सम्मान गर्नु भएको छ ।
सहकारी संस्थाले उत्कृष्ट कर्मचारी विनोद घिमिरे ,मुख्य कार्यालय दमकका कर्मचारी कमल गड्तौला,झिलझिले सेवा केन्द्रका कर्मचारी न्युसन तामाङ्ग,सेवा केन्द्र उर्लावारीका रुपेश खतिवडा ,सुरुङ्गा सेवा केन्द्रका कर्मचारी सुरज घिमिरेलाई पुरस्कृत गरेको छ ।
यसै गरी सहकारी क्षेत्रमा कलम चलाए वापत सप्तरङ्गी एफ.एम.दमकका प्रवन्ध निर्देशक गिरीराज भटराईलाई नगद १०हजार राशी सहित पुरस्कृत गरिएको ब्यवस्थापक कमल घिमिरेले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ढकालले राज्यले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत रहेको हुदा त्यसलाई बुझाउन सहकारी अभियान्ताहरु सक्रिय हुनु पर्ने बताउनु भयो । नेफस्फुनका सहकारी अभियान्ता घनश्याम अधिकारी लगायतले नियमित बचतको कारोवारलाई संस्थागत गर्नु पर्नेमा जोड्दिनु भएको थियो ।

प्रशान्तिको दशौं साधारण सभा सम्पन्न अध्यक्षमा अम्विका अधिकारी सर्वसम्मत

प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्था दमकले आज दशौं चुनावी साधारण सभावाट नयाँ नेतृत्व चयन गरेको छ ।
प्रशान्ति सहकारीको साधारण सभाले सञ्चालक समिति अध्यक्षमा अम्विका अधिकारीलाई सर्वसम्मत रुपले चयन गरेको छ ।
दमक ५मा भएको साधारण सभाले अम्विकालाई पुन दोस्रो पटक सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा उषा सुवेदी,सचिवमा सुभ्रदा ढकाल,सहसचिवमा चन्द्रकला पोखरेललाई चयन गरेको छ । सदस्यहरुमा भावना निरौला,बिनु थापा ,तुलसा अधिकारी पराजुली र मुना सुवेदी सर्वसम्मत रुपमा चयन भएको पुन निर्वाचित अध्यक्ष अम्विकाले जानकारी दिनु भयो ।
यसै गरी लेखा समितिको संयोजकमा कुसुम कार्की ,गीता अधिकारी निरौला र गायत्री वराल सर्वसम्मत चयन हुनुभएको छ ।
प्रशान्तिको उद्घाटन सत्रको कार्यक्रममा उत्कृष्ट बचतकर्ता गिता घिमिरे,कमला फागो , उत्कृष्ट ऋणी तर्फ तुलसा भण्डारी पाण्डे,सुमित्रा खनाल र रेवता घिमिरेलाई प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संंघ झापा उपाध्यक्ष चन्द्रा खड्काले पुरस्कार प्रदान गर्नु भएको थियो ।
यसै गरी वाल बचत तर्फ आयस खतिवडा, सौहार्द जंग क्षेत्री र ज्येष्ठ नागरिक तर्फ दिल कुमारी पाख्रिनलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रममा महिला नेत्री गीता अधिकारी, सहकारी अभियान्ता चुडामणी ओझा लागयतले म ,मेरो परिवार र छिमेकीलाई सहकारी संस्थाको शेयर सदस्य बनाउने अभियान चलाउनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend