logo
शुक्रबार, साउन २९ २०८३

नेपाल खेलकुद महासंघ कमलको अध्यक्षमा ः निरौला


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र १८ २०७९

कमल । नेपाल खेलकुद महासंघ कमल गाउँ कमिटीको प्रथम अधिवेशन विक्रम निरौलालाई अध्यक्षमा चयन गरेको छ ।
शनिवार केर्खामा सम्पन्न अधिवेशन बाट कमिटीको उपाध्यक्षमा सुनिता अधिकारी (काफ्ले) र लक्ष्मि प्रसाद गौतम सचिवमा भलाकाजी कार्कि सहसचिवमा कुमार ओली र सन्तोस खतिवडा र कोषाध्यक्षमा भानु सुब्बा सहति ४५ जना सदस्य चयन गरिएको छ ।
नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेले नवनिर्वाचित कमिटीका सदस्यलाई बधाई तथा शुभकामना मन्तव्यका क्रममा खेलकुदका साथै आगामी मंसिर ४ गतेहुने संघ र प्रदेशको निर्वाचनका लाग्न अनुरोध गर्दै युवाहरु अध्यायनशिलका साथै गतिशील हुनुपर्ने बताउनु भयो ।

       माईन्युट हस्तान्तरण

         विधान प्रदान

त्यसंैगरी महासंघका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र दाहालले संगठनका बारेमा युवाहरलाई प्रशिक्षण दिदै आगामी दिनमा खेलकुदको माध्यम बाट युवालाई पाटिमा जोड्दै सशक्त रुपमा आफ्ना गतिविधी अगाडी बढाउन दिर्नेशन दिनुभयो ।
महासघका केन्द्रिय कमिटी सदस्य एङ्गल गुरुङ्ग र दिनेश सुवेदीले नवनिर्वाचित पदाधीकारीलाई कार्यकाल सफलताको शुभकामना दिदै कमिटी गठनकालागी सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष विक्रम निरौलालाई महासंघ जिल्ला कमिटी अध्यक्ष भवानी बरालले माईन्युट हस्तान्तरण गर्नु भएको थियो भने केन्द्रिय कमिटी उपाध्यक्ष दिपेन्द्र दाहाल महासंघको विधान प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालन युवा संघका आदर्श सिग्देले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend