logo
शुक्रबार, साउन २९ २०८३

‘प्रकाश’ले सात दिनमा करोड कमाउँदा ‘राधा’ २० लाखमै समेटियो


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र १८ २०७९

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा फिल्मको कमाइ बिहीबार बेलुकासम्म ९० लाख रुपैयाँ उल्लेख छ ।

सबै हलमा अझै पनि बक्स अफिस सर्भर जडान नभइसकेकाले ‘प्रकाश’को कमाइ करिब एक करोड रुपैयाँ हुने अनुमान छ । अपेक्षित ओपनिङ गर्न नसकेको फिल्मले वर्ड अफ माउथको मद्दतमा विकडेजमा आफूलाई थप बलियो तुल्याउन सक्यो ।

बोर्डको बक्स अफिस विवरण केलाउँदा प्रकाशको कमाइ पहिलो सप्ताहन्तभन्दा विकडेज (सोमबारदेखि बिहीबारसम्म) उच्च देखिन्छ । वितरक रोहित कट्टेलले चाहिं प्रकाशले पहिलो साता एक करोड ७० लाख रुपैयाँ ग्रस कमाएको दाबी गरे । निर्माता महेन्द्र अधिकारीले भने ‘कलेक्सन’ खुलाएनन् ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्स र दोस्रो ठूलो चेन आईएनआईको प्रक्षेपणअनुसार ‘प्रकाश’ले नयाँ फिल्म रिलिजको चुनौतीको बाबजुद पनि आफूलाई दोस्रो सप्ताहन्त बलियो अकुपेन्सीसहित होल्ड गर्न सक्छ ।

‘अहिलेको ट्रेन्डअनुसार प्रकाशको दोस्रो सप्ताहन्तको कलेक्सन एक करोड ४० लाख रुपैयाँ ग्रस वरपर हुन सक्छ,’ आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले अनलाइनखबरसँग भने, ‘दोस्रो साता पनि प्रकाशको कमाइ राम्रै हुन सक्छ ।’

क्यूएफएक्स मार्केटिङ प्रमुख प्रीति गिरीले पहिलो साताको ट्रेन्डिङ हेर्दा आफ्नो चेनमा फिल्मले दोस्रो साता पनि आफूलाई बलियो तुल्याउन सक्ने बताइन् । ‘दोस्रो शुक्रबार पनि पहिलो स्थानमा सम्हालिन्छ कहिले मन र दोस्रो अकुपेन्सी स्थानमा प्रकाश नै छन्,’ गिरीले भनिन्, ‘प्रकाशलाई दोस्रो साता पनि राम्रै शो मिल्ला ।’

अर्कोतर्फ, चल्दाचल्दै प्रदर्शन रोकेको फिल्म ‘राधा’को कलेक्सन निकै निराशजनक छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मको कलेक्सन अहिलेसम्म १४ लाख रुपैयाँ छ भने बक्स अफिस सर्भर जडान भएका हलको पनि कलेक्सन जोड्दा २० लाख वरपर हुन आउँछ ।

शो वितरणमा अन्याय गरेको भन्दै ‘राधा’का निर्माताले बुधबार पत्रकार सम्मेलन गरेर प्रदर्शन रोकिएको जनाएका थिए । kantipur

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend