logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार उपचार कोषमा बिर्ता आयुर्वेदको रु.१५५५५ सहयोग


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र १४ २०७९

बिर्तामोड, बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ ।

बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्बदा भट्टराईले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरिन् ।

बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार उक्त रकम प्रदान गरिएको हो ।
उक्त अवसरमा अभियान नेपलका लागि विष््णु आचार्यलाई रु.३५५५ र परोपकार बृद्धाश्रमलाई रु. ३५५५ पनि सहयोग प्रदान गरियो ।
बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले गरेका थिए ।
सञ्चालक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कविराज कमल रिजालले बिर्ता आयुर्वेदको सेवा बारे जानकारी गराएका थिए ।
कर्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

महासंघका अध्यक्ष गिरीले वार्षिकोत्सवको शुभकामनासहित कोषमा सहयोग गरेकोमा बिर्ता आयुर्वेद परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend