कमल । नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड (एनएमसी) ले आफ्ना सदस्यलाई सदस्य शिक्षा कार्यक्रम प्रदान गरेको छ ।
मेचिनगर ६ काँकडभिट्टामा मुख्य कार्यालय रहेको सहकारीको विषयगत उपसमिति अन्तर्गत शिक्षा तथा तालिम समितिको व्यवस्थापनमा केर्खा सेवा केन्द्र अन्तर्गत ईकाई नम्वर ३ का सदस्यलाई तालिम प्रदान गरेको हो ।
कुल १ लाख ३२ हजार भन्दा बढी सदस्य रहेको सहकारीमा केर्खा सेवा केन्द्र अन्तर्गत २ हजार २ सय भन्दा बढी सदस्य रहेका छन् ।
सहकारीले हरेक सदस्यलाई सस्थाको गतिविधीका साथै सहकारीले सन्चालन गरेका हरेक गतिविधी लगायत विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यीयले सदस्य शिक्षा कार्यक्रम प्रदान गरेको ईकाई नम्वर ३ का सदस्य लक्ष्मि प्रसाद ओझाले जानकारी दिनुभयो ।
तालिमलाई शिक्षा तथा तालिम उप समिती सदस्य चन्द्र प्रसाद भट्टराई र केर्खा सेवा केन्द्र प्रमुख विनिता बस्नेतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमम ७० जना भन्दा बढी सदस्यको उपस्थिती रहेको ईकाई नम्वर ३ का संयोजक कमल देवी दाहालले जानकारी दिनुभयो ।
सहकारीले अहिले सदस्यहरुका माझ वित्तिय कारोवारका साथै डेरि उद्योग , कृषी, च्याउ,सहकारी सपल सञ्चालन गर्दै आई रहेको छ ।