कमल , भदौ १२ । देशभरका सामुदायिक विध्यालयमा कार्यरत कर्मचारीहरुले आज नेपाल सरकार समक्ष विभिन्न भाग राख्दै आन्दोलद स्वरुप विध्यालय बन्दगराएका छन् ।
आन्दोलनमा उत्रिएका लेखा सहायक र विध्यालय सहयोगी कर्मचारीले आज आफ्ना ११ बुँदे माग राख्दै देशैभरका सामुदायीक विध्यालय बन्द गराएर आन्दोलनमा उत्रीएका हुन् ।
यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको २१ वटै सामुदायिक विध्यालयमा कार्यरत कर्मचारीले समेत विध्यालय बन्द गराएर आन्दोलनमा उत्रिएकाछन् । बन्दका कारण समयमा विध्यालय पुगेका शिक्षक र विध्यार्थि विध्यालको गेट बन्द भएका कारण फर्किएका छन् । कर्मचारीले सरकार समक्ष दरबन्दी श्रृजना गर्नुपर्ने, स्थाई गर्नु पर्ने र नेपाल सरकारले तोकेको न्युनतम तलव स्केल उपलब्ध गराउनु पर्ने लगाएत ११ बुँदे माग राख्दै विधयालय बन्द गराएका हुन् ।
विध्यालय कर्मचारीलाई सरकारले वेवास्ता गरेका कारण वाध्य भएर हामि आन्दोलनमा उत्रिनु परेको हो । एउटै विध्यालयमा कार्यरत शिक्षक र कर्मचारी भए पनि सेवा सुविधाका हिसारले हामी कर्मचारी अन्यन्तै ठुलो मारमा परेका छौ । विध्यालय विहना ९ बजे देखी साँझ ५ बजे सम्म खट्ने कर्मचारीलाई सरकारले अत्यन्तै न्युन सेवासुविधा दिएका कारण बाध्य भएर आन्दोलनमा उत्रीएको शहिद धर्मभक्त माध्यमिक विध्यालयमा लेखा सहायक पदमा कार्यरत महेन्द्र कुमार अधिकारी बताउनुहुन्छ ।
विध्यालयमा अध्यायनरत विध्यार्थिको पढाईमा सामन्य असर परे पनि हामि बाध्यभएर विध्यालय बन्द गराएका छौ । त्यसै विध्यालयमा कार्यरत कर्मचारी न त विहान विध्यालय आउदा खुशी भएर आउन सक्छन् न साँझ घर फर्कदा नै खुशी हुन्छ् । सधै भारी मन लिएर विध्यालय आउने कर्मचारीलाई सरकारले पटक्कै हेरेन हामिले बारम्बार हाम्रा समस्या सुनाउदा समेत सरकारले वेवास्ता करेका कारण पहिलो चरणमा दुई दिन विध्यालय बन्द गराएकाछौ त्यसपछी आवश्यकता अनुसार आन्दोलनका थप कार्यक्रम गर्दै जाने लेखा सहायक अधिकारी बताउनुहुन्छ ।
दैनिक रुपमा विहान चाँडो आउने र बेलुका सबै काम सकेर ढिलो घरजाने भनेका विध्यालका कर्मचारी हुन् । उनिहरु विना विध्यालय सन्चालन गर्न असम्भव छ । विध्यालयमा लेखा राख्ने र घण्टी लगाउनुका साथै विध्यालयको सरफाईमा महत्व पुर्ण योगदान पुर्याउने कर्मचारीलाई नेपाल सरकारले अत्यन्तै न्युन पारिश्रमी दिएको छ । वहाँहरुका माग जायद भएकोले यसलाई सरकारले पुरागर्नु पर्न भनेर नै हामिले पनि कर्मचारीका आन्दोलनमा ऐकबद्धता जनाएको कमल २ स्थित कमला मदन आश्रित स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले बनाउनुभयो ।