झापा /झापा बारकी सह-सचिव एवं महिला समिति संयोजक अधिवक्ता सानु कार्की बस्नेतले झापा कारागारका कैदीबन्दीहरूको लागि पूस्तक उपलब्ध गराउनु भएको छ
कारागारमा रहेका कैदीबन्दीहरूको बौद्धिक क्षमता र चेतनाको अभिवृद्धि गर्ने उदेश्यले पराग (PARAG) नामको २ थान पुस्तक हस्तान्तरण गर्नु भएको हाे ।

सो पुस्तकको अध्ययनबाट कैदीबन्दीहरूमा सार्वजनिक प्रशासन, संविधान, कानुन लगायतका समसामयिक बिषयबस्तुको बारेमा सैद्धान्तिक र व्यावहारिक जानकारी हुने अपेक्षा र विश्वासका साथ पुस्तक हस्तान्तरण गरेको भनी अधिवक्ता कार्कीले बताउनुभयो।
अधिवक्ताको यस कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय समाजसेवाको उदाहरणका रूपमा लिन सकिने भनी कारागार कार्यालय झापाका प्रमुख पूर्ण बहादुर खत्रीले बताउनुभयो ।
कारागार कार्यालय झापाको पुस्तकालयका लागि हस्तान्तरण गरिएको पराग (pARAGA) नामक पुस्तक सार्वजनिक प्रशासन, कर्मचारी प्रशासन र शासकीय ब्यबस्थापनका नविन सोंच, शैली र अभ्यास एवं सार्वजनिक प्रशासन सुधारका आयामहरूलाई समेटी नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले प्रकाशित गरेको हो।
कारागारको पुस्तकालयमा रहेका पुस्तक अध्ययनबाट कैदीबन्दीहरूमा पढ्ने बानीको विकास भै खाली समयको सदुपयोग हुने र उनीहरूमा शिक्षा, ज्ञान र सकारात्मक सोचको विकास हुन्छ। सकारात्मक सोच र असल व्यवहारको विकासले अपराधबाट टाढा रही समाजमा पुनःस्थापित हुन र असल नागरिक बन्न प्रेरित हुन्छ।