logo
सोमबार, कार्तिक १० २०८३

सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक ९ २०८३

चतरा / भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जेट बोटमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । यो समाचार तयार पर्दा सम्म जेट बोटमा कति यात्रु सबार थिए भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्राप्त प्रारम्भिक जानकारीअनुसार बोटको इन्जिन बन्द भएपछि नदीको तीव्र बहावले किनारको भित्तामा ठोक्काउँदा दुर्घटना भएको अनुमन गरिएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी गोताखोरसहितको टोली खोजी तथा उद्धार कार्यमा खटिएको प्रहरीले जनाएको छ । नदीमा डुबेका तथा बेपत्ता यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार नदीको बहावले शव तथा बेपत्ता यात्रुहरुलाई चतरा र वराहक्षेत्र आसपाससम्म बगाएर ल्याउन सक्ने भएकाले ती क्षेत्रमा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ । दुर्घटना अरुण नदीको सङ्गमस्थल नजिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend