logo
सोमबार, कार्तिक १० २०८३

वडा दशैंको दोस्रो दिन: मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक ६ २०८३

झापा । आज वडा दशैंको दोस्रो दिन । टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्न टाढाबाट आफन्तहरु पुग्नेक्रम छ । आज एकादशी पनि हो । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा   लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन रहेको भन्दै त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउँछन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend