कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ स्थित सिंहदेवी मन्दिरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तर्गत ४ सय ८० जना लाभग्राहीलाई भत्ता वितरण गरिएको छ ।
वडा कार्यालय द्वारा भत्ता वितरणका क्रममा अशक्त, अपाङ्गता भएका तथा हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको छ ।
वडा सदस्य नवीन राईका अनुसार भत्ता लिन वितरण केन्द्रसम्म आउन नसक्ने अशक्त लाभग्राहीलाई गाडीमै पुगेर भत्ता उपलब्ध गराइएको बताउनु भयो । कुल ४ सय ८० जना लाभग्राही मध्ये १ सय ३ जना अशक्त व्यक्तिलाई गाडीमै पुगेर भत्ता वितरण गरिएको राईले जानकारी दिनुभयो । त्यसैगरी, अत्यन्तै अशक्त तथा असहाय ८ देखि ९ जनालाई लाभग्राहीको घरमै पुगेर भत्ता प्रदान गरिएको छ ।

वडा सदस्य राईले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो विशेषगरी वृद्धवृद्धा, अशक्त तथा शारीरिक रूपमा असमर्थ व्यक्तिले भत्ता प्राप्त गर्न अनावश्यक दुःख र सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले गाडी तथा घरमै पुगेर भत्ता वितरण गरिएको राईले बताउनु भयो ।
स्थानीय तहबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता लक्षित वर्गसम्म सहज र प्रभावकारी रूपमा पु¥याउन यस्ता सेवामुखी कार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । लाभग्राहीको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै घरदैलोमै सेवा पु¥याउने प्रयासले अशक्त नागरिकलाई राहत मिलेको छ ।