logo
सोमबार, कार्तिक १० २०८३

चुलाचुली साना किसानको सभा सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, असोज २९ २०८३

चुलाचुली÷इलामको चुलाचुली गाउपालिकामा रहेको चुलाचुली साना किसान कृषी सहकारी सस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सस्थाकी अध्यक्ष हिमकला बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभाको चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पानसमा द्विप प्रज्वलन गरी उदघाटन गर्नु भएको थियो ।
सन्चालक समितिका तर्फबाट अध्यक्ष हिमकला बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको सहकारीले गत असार मसान्त सम्म १ हजार ५ सय ४० जना शेयर सदस्य बिच कारोवार गर्दै २२ करोड ९१ लाख २२ हजार १ सय ७८ रुपैयाको कारोवार गर्न सस्था सफल भएको अध्यक्ष बस्नोतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लेखा समितिको तर्फबाट लेखा तथा सुपरिवेक्षण समिती संयोजक गिता पुरी गिरीले प्रतिवेदन मार्फत सस्था लाई थप मजबुत र बलियो बनाउन का लागि ७ वटा सुझाबहरु समेत दिनु भएको थियो ।

कार्यक्रम मा बिभिन्न ६ बिधामा उत्कृष्ठ सदस्यहरु लाई सम्मान गर्नु का साथै सामुदायिक बिद्यालयमा अध्यायनरत सदस्यका छोराछोरी मध्ये बाट एस.इ.इ. मा उत्कृष्ट अंक प्राप्त गर्ने दिपिका श्रेष्ठ तथा एलिना निरौला लाई समेत सम्मानगरिएको हो ।


गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिल कुमारी लिम्बु नेपाल कृषी सहकारी केन्द्रिय संघका सदस्य लीला न्यौपाने, अन्नपुर्ण कृषी सहकारी सस्थाका अध्यक्ष देउमान गिरी, चुलाचुली सहकारी समान्वय समिती अध्यक्ष पदम केशर लिम्बु, सचिब मान बहादुर पौडेल ,पाथिभरा बचत तथा ऋृण सहकारी सस्थाका सचिब ऋृतु प्रसाद अधिकारि,चुलाचुली गाउपालिका स्तरिय भाषा कला साहित्य तथा पर्यटन प्रवद्र्धन समान्वय समितीका संयोजक तथा गजलकारी बिवश बलिभद्र कोइराला लगायत साधारण सभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सस्थाकी ब्यवस्थापक कबिता योङहाङ लिम्बुले सन्चलन गर्नु भएको थियो भने उपाध्यक्ष शितल कुमारी राइले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend