logo
सोमबार, कार्तिक १० २०८३

 मस्तिष्कको नसाको शल्यक्रिया पछि सालुकाे अवस्था गम्भीर, उपचार प्रक्रियामाथि परिवारको प्रश्न ?


  • कुइनेटो न्युज
  • शनिबार, असोज १७ २०८३

काठमाडौ । झापाको कमल गाउँपालिका ३ की ३५ वर्षीय  सालु   थापा मगर मस्तिष्कको नसामा गरिएको शल्यक्रियापछि गम्भीर अवस्थामा रहनु भएको छ ।

 ज्ञानेश्वरमा  श्रीमान्  गन बहादुर  थापा मगर संग बस्दै आउनु भएकी थापा मगर काठमाडौं स्थित केएमसी अस्पतालमा १४९ नम्बरकाे आईसीयूकाे  बेडमा करिब ११ दिनदेखि  उपचारमा हुनुहुन्छ ।

परिवारले उपलब्ध गराएको  जनाकारी अनुसार टाउको दुखेपछि आकस्मिक रूपमा अस्पताल भर्ना गरिएकाे सालुको CT स्क्यानमा मस्तिष्कको नसामा ‘एनेरिज्म’ देखिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए।

त्यसपछि गरिएको क्याथेटर एन्जियोग्राफी परीक्षणपछि एउटा मात्र एनेरिज्म रहेको र एउटा क्लिप लगाए पुग्ने उपचारमा संलग्न  चिकित्सकले परिवारलाई बताईएकाे थियाे ।

परिवारका साथमा सालु

सालुकाे गत असाेज ७  गते दिउँसो साडे १ बजे शल्यक्रिया सुरु गरिएको थियो। शल्यक्रिया सम्पन्न भएको  लामो समय भएपनि  अस्पताल  प्रशासन तर्फबाट  परिवारलाई विरामिकाे अवस्था बारे कुनै जानकारी गराईएन ।

त्यसपछि   परिवारले चिकित्सकसँग जानकारी माग्दा नसामा क्षति पुगेकाले बाइपास शल्यक्रिया गर्नुपरेको र तीनवटा क्लिप प्रयोग गरिएको  उपचारमा संलग्न  चिकित्सकले परिवारलाई जानकारी दिइएको  विरामिका श्रीमान्   गन बहादुरले जानकारी  बताउनु भयाे ।

अस्पतालकाे बेडमा

शल्यक्रियापछि बिरामीको शरीरको एकातर्फको चालचलन अत्यन्त न्यून भएको, आँखाको नानीमा समेत प्रतिक्रिया कमजोर रहेको र पछिल्लो समय भेन्टिलेटरको सहायतामा उपचार भइरहेको परिवारको भनाइ छ। चिकित्सकले भने नसामा क्षति भइसकेको र अवस्था गम्भीर रहेको बताएका छन्।

क्याथेटर एन्जियोग्राफीको रिपोर्टमा एउटा मात्र एनेरिज्म देखिएको अवस्थामा थप नसामा क्षति कसरी भयो र त्यसबारे शल्यक्रियाअघि परिवारलाई जानकारी किन गराइएन भन्ने प्रश्न परिवारकाे छ  ।

परिवारका    तर्फबाट अस्पताल  प्रशासनसँग छलफल भए पनि उपचारमा  लापरबाही भएको आरोप अस्पताल  प्रसासनले अस्वीकार गरेका  परिवारले जनाएको छ।

  सालु  आफ्ना श्रीमा गन बहादर थापा मगर तथा  छाेरी १४ वर्षीया स्नेहा र ७ वर्षीया सक्षम थापा मगर  संग  विगकेहि बर्ष   देखी काठमाडाैमा बस्दै आउनु भएछ ।

  परिवारले घटनाको निष्पक्ष छानबिन गरी उपचार प्रक्रियाको यथार्थ विवरण  सार्वजनिक गर्न अस्पताल प्रशासन संग   माग गरेकाछन् । ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend