logo
शुक्रबार, साउन २९ २०८३

पतन्जली योग समिती कमलको तिज विषेश कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र ६ २०७९

कमल । पतन्जली योग समिती कमल गाउँपालिका द्वारा आयोजित तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ ।
कमल गाउँपलिका वडा नम्वर ३ स्थित दिगम्वेश्वर शिवालय मन्दिरको प्राङ्गणमा सम्पन्न तिज विषेश कार्यक्रममा दिदि बहिनीलाई दर खुवाउनुका साथै जेष्ठ नागरीकलाई मिस्ठान भोजनका साथमा सम्मान गर्दै यस पटकको तिज विशेष कार्यक्रम सम्पन्न मनाईएको आयोकले जनाएको छ ।
कोभिड १९ का कारण २ वर्ष देखी मनाउन नपाएको तिज विषेश कार्यक्रम यस वर्ष दिदि बहिनीलाई दर खुवाउनुका साथै ८५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गर्दै तिज विषेश कार्यक्रम मनाएको पतन्जली योग समिती नेपा कमल का अध्यक्ष कृष्ण प्रसाद ओझाले बताउनुभयो ।

कमल गाउँपालिका वडा नम्वर ३ का महिला वडा सदस्य भगवती राईको प्रमुख आतिथ्यतामा सम्पन्न तिज विषेश कार्यक्रममा पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ का महामन्त्री लक्ष्मि प्रसाद काफ्ले, प्रदेश युवा प्रभारी बाबुराम बस्नेत, झापा जिल्ला उपाध्यक्ष कैलाश डाँगी, महिला अध्यक्ष प्रेमकला निरौला, महिला महामन्त्री निर्मला गजुरेल, जिल्ला सदस्य तथा सोसियल मिडिया प्रभारी उमानाथ भण्डारी, जिल्ला सदस्य बबिता अधिकारी, निर्मला रामदाम दकम नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारी लगायतले तिज विषेश कार्यक्रमको शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा मिना ओझा, बविता अधिकारी, कृष्णमाया खतिवडा लगाएतका कलाकारले तिज विषेश लघुनाटक प्रस्तुत गर्नु भएको थियो ।
ईन्दिरा गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई कोषाध्यक्ष मोहनलाल खनालले शाब्दिक शब्द द्वारा स्वगत गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend