logo
सोमबार, कार्तिक १० २०८३

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

अध्यक्ष ओली श्रद्धान्ज्ली दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै


  • कुइनेटो न्युज
  • बिहिबार, असोज १५ २०८३

काठमाडौं / झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको सपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए ।
एमालेले अस्ती असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रिय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
यसैगरी नेता बस्नेतलाई अन्तिम श्रद्धान्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले विहान दुवाकोट स्थित क्यान्सर अस्पताल पुग्नुहुनेछ । बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए।

पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समय देखि क्यान्सर रोगबाट पिडित बस्नेतको गएराती उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend