कमल गाउँ पालिकामा स्वास्थ्य परिक्षणका साथै परिचयपत्र वितरण
उमानाथ भण्डारी
आइतबार, असोज ४ २०८३
कमल / झापाको कमल गाउँपालिकामा आज एक कार्यक्रमका बीच अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय ,कमल गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा र राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक साझेदारीमा सञ्चालित शिविरमा अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान गरी परिचयपत्र वितरण गरिएको हो।
कमल गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा शिविर सम्पन्न भएको हाे । शिविरमा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै परिचयपत्र वितरण गरिएको कमल गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले बताउनुभयो।
शिविरमा उपस्थित भएकामध्ये अपाङ्गता पहिचान भएका १९ जनालाई कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र ६ नम्बर वडा अध्यक्ष नरेन्द्रप्रसाद भट्टराईले आवश्यकता पहिचान भएका व्याक्ति लाई प्रमाणपत्र प्रदान गर्नुभएको गाउँपालिकाले जनाएको छ।