logo
बिहिबार, असोज १ २०८३

कमलका शिक्षक शिक्षिका संग जेे.ई. खाेप अभियानका विषयमा अभिमुखीकरण


  • कुइनेटो न्युज
  • बिहिबार, असोज १ २०८३

कमल ।झापाको कमल गाउँ पालिकाका शिक्षक शिक्षिका संग जेे.ई. खाेप अभियानका    सन्चालनका विषयमा    अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।

गाउँ पालिकाकाे सभाहलमा    सम्पन्न     अभियान २०८३ लाई प्रभावकारी, व्यवस्थित तथा लक्षित समूहसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले गाउँपालिका भित्र सन्माचालनमा रहेका विध्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्वास्थ्य विषय शिक्षकहरूका बिच  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जे.ई. रोगको परिचय, संक्रमण तथा जोखिम, जे.ई. खोपको महत्व, खोपको लक्षित समूह, खोप लगाउने स्थान तथा अभियान सञ्चालनको प्रक्रिया लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै, विद्यालयमार्फत विद्यार्थी, अभिभावक तथा समुदायमा अभियानसम्बन्धी सही र स्पष्ट सूचना प्रवाह गर्ने विषयमा समेत छलफल गरिएको थियो।

अभिमुखीकरणका क्रममा प्रधानाध्यापक तथा शिक्षकहरूलाई लक्षित समूह खोपबाट वञ्चित हुन नदिन आवश्यक सहजीकरण गर्न, अभियानको सूचना विद्यार्थी तथा अभिभावकसम्म पुर्‍याउन तथा खोपसम्बन्धी भ्रम र गलत सूचना न्यूनीकरणमा सहयोग गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा विद्यालय र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय, नियमित सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धि मार्फत जे.ई. खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिइएको थियो। सहभागी प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यालय तहबाट अभियानको प्रचार–प्रसार तथा समुदायमा खोपसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमल गाउँपालिकाले जे.ई. खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्था, विद्यालय, जनप्रतिनिधि, शिक्षक तथा समुदायबीचको समन्वयलाई प्राथमिकतामा राखेको छ। अभियानका क्रममा लक्षित समूहका नागरिकलाई तोकिएको खोप केन्द्रमा उपस्थित भई जे.ई. खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ।

विद्यालय समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने महत्वपूर्ण माध्यम भएकाले प्रधानाध्यापक तथा शिक्षकहरूको सक्रिय सहभागिताले अभियानको पहुँच विस्तार गर्न र लक्षित समूहलाई खोप सेवामा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमले विद्यालय हुँदै घरपरिवार र समुदायसम्म जे.ई. खोपसम्बन्धी सही सूचना पुर्‍याउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend