logo
मंगलबार, कार्तिक ११ २०८३

नवोदय द्वारा २८ औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक


  • उमानाथ भण्डारी
  • शुक्रबार, भाद्र १९ २०८३

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आज प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गजुरेल,पुर्व अध्यक्ष दिलिप कुमार चापागाई र लेखा सुपरिवेक्षण समितिका संयोजक कुबेरधन अधिकारी ले संयुक्त रुपमा आगामी असोस ३ गते वाट सुरुहुने २८ औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।

२०५५ सालमा स्थापना भएको सहकारीले ११ वटा सेवा केन्द्र मार्फत १८ हजार १४६ जना सदस्य बिच कारोवार गर्दै आएको छ ।

संस्थाको शेयर पूँजी १२ करोड ६२ लाख १३ हजार छ सय रुपैया रहेको छ । त्यस्तै बचत तर्फ ६१ करोड ९ लाख २५ हजार ६१० रुपैया रहेको छ भने कर्जा लगानी तर्फ ७२ करोड ६४ लाख १० हजार ८८९ रुपैया रहँदा कोष हिसाव तर्फ त्यसैगरी कोष हिसाब तर्फ १६ करोड ३० लाख ५८ हजार २७५ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले १२ करोड ७१ लाख ७३ हजार ६७६ कुल आम्दानी गरी ९ हरोड ७१ अजार ६२३ कुल खर्च गर्दै २ करोड ९० लाख २ हजार ५२ रुपैया खुद बचत गर्न सफल रहेको सस्थाका कार्यवाहक अध्यक्ष बलराम गजुरेलले बताउनु भयो ।


अनेकौ चुनौतीको सामना गर्दै संस्था यो अवस्था सम्म आई पुगेको छ । अहिलेको देशको विषम परिस्थितीमा समेत सदस्यको मन जित्न सस्था सफल भएको भन्दै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गर्न पुर्व अध्यक्ष दिलिप कुमार चापागाई सुझाव दिनुभयो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा सन्चालक समिति,लेखा समिति, पुर्व सन्चालक कर्मचारी उपस्थित रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष उमानाथ भण्डारीले प्रतिवेदन सार्वजनिक गर्नुको उदेश्य सहित शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने
कार्यक्रम संस्थाका व्यवस्थापक रविन सुब्बाले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend