logo
बिहिबार, असोज १ २०८३

प्याब्सन झापाको ईसिए सम्पन्न


  • उमानाथ भण्डारी
  • बुधबार, भाद्र २४ २०८३

झापा । निजी तथा आवासीय विध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) झापाको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप ( ईसिए) सम्पन्न भएको छ ।

प्याब्सनले चालु शैक्षिक सत्रको वार्षिक क्यालेण्डर अनुसार जिल्ला स्तरीय अन्तर विद्यालय ईसिए कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम शिवसताक्षी नगरपालिको झिलझिलेमा सम्पन्न भएको हो ।
कार्यक्रममा गत भदौ १३ गते सम्पन्न पालिका स्तरिय प्रतियोगितामा छनौट भई उत्कृष्ट हुने १५ वटा विध्यालय सहभागी भएका थिए ।
प्रतियोगितामा कक्षा ३ देखि ८ सम्मको हाजिरी जवाफ तर्फ प्रथम एरा एभर ग्रिन अंग्रेजी माध्यमिक विध्यालय बुद्धशान्तिका सौगात कार्की र युसु नेपाल टिम प्रथम भएको थियो भने  सनसाइन अंग्रेजी माध्यमिक विध्यालय हल्दिबारीका भुमिका दोहाल र प्रविन किस्कुको टिम द्वतिय भएको थियो । त्यस्तै सेन्ट पल्स एकाडेमी, मेचीनगरका नम्रता आले मगर र क्रिस्टिना आचार्य तृतीय भएको आयोजकले जनाएको छ ।


त्यसैगरी कक्षा ९ र १० को नेपाली भाष तर्फ आकस्मिक वक्तृत्वकलामा सनसाइन अंग्रेजी माध्यमिक विध्यालय हल्दिबारीका दिय पौडेल प्रथम, चन्द्रज्योती अङ्ग्रेजी माध्यमिक माध्यमिक विध्यालयका निरज पाठक द्वितिय तृतीय नमुना अंग्रेजी माध्यमिक  विध्यालय गौरादहकी छात्रा  अर्पणा सिटौला तृतीय हुनुभएको प्याब्सनले जनाएको छ ।
त्यस्तै अंग्रेजी भाषा तर्फ कक्षा ९ र १० को आकस्मिक वक्तृत्वकलामा प्रथम सेभेन सिज अंग्रेज माध्यमिक विध्यालय शिवसताक्षीका आस्था लिम्बुद्वितीय जयपुर अंग्रेजी माध्यमिक विध्यालय बुद्दशान्तीका प्रज्ञान रिजाल र तृतीय जसोदा अंग्रेजी माध्यमिक विध्यालय हल्दिबारीकी श्रेयासा श्रेष्ठ हुनुभएको थियो ।


कायक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले विजेता विध्यार्थिलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
पुरस्कार वितरण पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा विनी विध्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ताअतिरिक्त क्रियाकलापले विध्यार्थिको शिक्षण सिकाईमा धेरै सहयोग पुग्ने नगर प्रमुख थोप्राले बताउनुभयो ।
प्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छबी ढकाल, प्याब्सन केन्द्रिय सल्लाहकार नारायण प्रसाद घिमिरे, कोशी प्रदेश सचिव गौरिमान फागो लगायत प्याब्सनका केन्द्र, जिल्ला, प्रदेश र स्थानिय तहका अध्यक्ष तथा प्रतिनिधी हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्याब्सन झापाका सचिव लक्ष्मि प्रसाद उप्रेतीले सन्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend