logo
बिहिबार, असोज १ २०८३

तीज पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार र सशक्तीकरणको अभियानलाई थप मजबुत बनाउछ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र २९ २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप बलियो बनाउनु पर्ने बताउनुभएको छ।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा प्रयास र सहकार्यबाट महिलालाई पूर्णरुपमा अधिकार सम्पन्न बनाउन सकिने उल्लेख गर्नुभएको छ।

कोशी प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कार्कीले तीजका मौलिक मूल्य मान्यता र सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

उहाँले तीजले मौलिक संस्कृति, सामाजिक सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभएको छ। भोटेकोशी बाढीबाट मुलुक शोकमा रहेको उल्लेख गर्दै यसपटक तीज पर्व संयमित र सहयोगी भावनाका साथ मनाउन आग्रह गर्नुभएको छ।
संविधानले सुनिश्चित गरेको महिलाको समान सहभागिता र अधिकार व्यवहारमै स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको समेत मुख्यमन्त्री कार्कीले बताउनुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend