कमल , पछिल्लो समय युवाहरुको होटल व्यवसाय तर्फ आकर्षण बढ्न थालेको छ ।
यसैक्रममा झापाको कमल गाउँपालिका ३ का तर्कराज सुब्बाले टेस्टी स्टेसन नामक होटल सञ्चालनमा ल्याउनु भएको छ ।
कमल गाउँपालिकाको मुख्य बजार केर्खा चौकमा दशलाख रुपैया भन्दा बढीको लगानीमा शान्त वातावरणका साथै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको लिम्बुले बताउनुभयो ।

होटल सञ्चालन तर्कराज सुब्बा
सिंगापुरमा होटल म्यानेजमेन्टको अध्यायन पुरागरी त्यसपछि साउदी, दुवई,मलेशिया गरी १७ वर्ष विदेशमा होटललाईनमा विताएका लिम्बुले आफुले सिकेको सिप र अनुभवलाई अब आफ्नै ठाउँमा सदुपयोग गर्ने लिम्बुले बताउनुभयो ।
विषेशगरी चिकेनका परिकारलाई प्राथमिकतामा राखेर होल सन्चालनमा ल्याईएको छ । विभिन्न प्रकारका पेय पदार्थका साथमा चिकेन बाट बनेका कट्टीरोष्ट,ड्रमस्टिक, चिकेन मोमो,चिकेन फ्राई का साथै फ्राई राईस,ससेज, भेजपकौडा , बर्गरलगायतका परिकार उपलब्ध हुने लिम्बुले बताउनु भयो ।