यस वर्ष नेपाल राष्ट्रिय संरक्षण दिवसको शुभ अवसरमा नेपालको जैविक विविधता, जलवायु कार्य, प्राकृतिक प्रकोप र दिगो विकासका सवालहरूलाई एकीकृत रूपमा अगाडि बढाउने उद्देश्यले दोस्रो राष्ट्रिय संरक्षण फोरम (NCF) २०२६ आयोजना हुन गइरहेको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपाल राष्ट्रिय समिति (IUCN-NNC) को आयोजनामा तथा नेपाल सरकारका सम्बन्धित कायहरू एवं विभिन्न संरक्षण साझेदार संस्थाहरूको सहकार्यमा यो फोरम आयोजना गर्न लागिएको हो।
फोरमको मुख्य विषय र उद्देश्य स् यस पटकको फोरमको मुख्य नारा समृद्ध नेपाल र जैविक विविधता संरक्षणका लागि जलवायु वित्तको विस्तारू (Scaling Climate Finance for Biodiversity Conservation and Prosperous Nepal) रहेको छ। फोरमको प्राथमिक उद्देश्य राष्ट्रिय स्तरमा अनुसन्धानकर्ता, नीति निर्माता, स्थानीय समुदाय, युवा, गैरसरकारी संस्था तथा विकास साझेदारहरूलाई एकै ठाउँमा ल्याएर संवाद, अनुभव आदानप्रदान र सहकार्यलाई सुदृढ बनाउनु हो।
विशेष गरी, नेपालले सामना गरिरहेका जलवायु परिवर्तनका चुनौतीहरू, संकट व्यवस्थापन तथा जैविक विविधता संरक्षणका लागि आवश्यक स्रोत र जलवायु वित्त (Climate Finance) कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिनेछ।
संरक्षण फोरममा प्रस्तुतिकरण तथा छलफलका लागि निम्न चार प्रमुख विषयगत क्षेत्रहरू निर्धारण गरिएका छन्स् ।
१ . जैविक विविधता संरक्षण र मानव वन्यजन्तु द्वन्द्व : मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै जैविक विविधताको रक्षा गर्ने उपायहरू।
२. जलवायु, विपद् र वित्त व्यवस्थापन : विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका लागि वित्तीय पहुँच अभिवृद्धि।
३. जैविक विविधताको उपयोग र उद्यमशीलता : स्थानीय समुदायको आजीविका सुधार गर्न प्राकृतिक स्रोतको दिगो उपयोग र हरित उद्यमको विकास।
४. संरक्षण नीति : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संरक्षण नीतिहरूको प्रभावकारी कार्यान्वयन र समीक्षा।
यस कार्यक्रममा विभिन्न क्षेत्रका शोधकर्ता, विद्यार्थी, नीति निर्माता, संरक्षणकर्मी तथा व्यावहारिक अनुभव भएका व्यक्तिहरूलाई आफ्ना खोज, नवीन विचार तथा सफल अभ्यासहरू प्रस्तुत गर्न कार्यपत्र (Scientific Papers/Best Practices) पेश गर्न आह्वान गरिएको छ।
प्रस्तुत गरिएका कार्यपत्रहरू मध्येबाट उत्कृष्ट कार्यपत्रहरू छनोट गरी फोरममा प्रस्तुतीकरणका लागि अवसर प्रदान गरिनेछ। यसले नेपालको संरक्षण प्राथमिकतालाई विश्वव्यापी मञ्चहरू IUCN Regional Conservation Congress र World Conservation Congress) सम्म पुर्याकउन सहयोग पुर्यारउनेछ ।
नेपालको प्राकृतिक सम्पदाको जगेर्ना गर्न र जलवायु परिवर्तनका असरहरू विरुद्ध जुध्नका लागि यो फोरम एक महत्वपूर्ण राष्ट्रिय मञ्च साबित हुने अपेक्षा गरिएको छ।