logo
मंगलबार, कार्तिक ११ २०८३

रवि धितालद्वारा बाढी पीडितलाई १ करोड ११ लाख ११११ रुपैयाँ सहयोग


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र १६ २०८३

झापा / रसुवामा गत भाद्र १० गते इतिहासमै थाहा नभएको मात्रामा अचानक आएको बाढीले भएको बजार, जनधन तथा विद्युत आयोजना र सडकजस्ता भौतिक विकासका संरचनाहरूमा भएको क्षतिबाट देशले दुखद् त्रासदी बेहोर्नुपरेको छ।
त्यस दुर्दान्त घटनामा सयौँ नेपाली र कतिपय विदेशीले समेत आफ्नो प्राण गुमाउनु भएको छ । नेपाल सरकारले पीडितहरूको उद्धार र स्वास्थ्यसेवा, मृतकहरूको पहिचान र शव व्यवस्थापन तथा नस्ट भएका र भत्केका संरचनाको पुनर्निर्माण कामका लागि सबैसित सहयोगको अपेक्षा गरेको छ ।
यसै क्रममा कोशी प्रदेश, झापाको बिर्तामोडस्थित होटल किङ्सबेरी,धुलाबारीस्थित क्यासिनो भेगास,भैरहवास्थित क्यासिनो टाइगर प्यालेस,  बिर्तामोडस्थित क्यासिनो सेभेन हर्सेसका
तर्फबाट अध्यक्ष श्री रवि शर्मा धितालले रू १,११,११,१११/- (एक करोड, एघार लाख, एघार हजार, एकसय एघार) २०८३ भाद्र महिनाको १६ गते अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्ले मार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नु भयो ।
यसै विषयमा पत्रकारहरूसित कुरा गर्दै अध्यक्ष धितालले यस्तो वीभत्स विपद्का भुमरीमा परी दिवङ्गत हुनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण र घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो छ । उहाँले सबै उद्योगपति तथा अन्य सबै सर्वसाधारणले समेतले मानवीयताका दृष्टिले आआफ्नो कर्तव्य ठानी नेपाल सरकारका आह्वानमा जो सकेको सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend