logo
शुक्रबार, साउन २९ २०८३

चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन


  • कुइनेटो न्युज
  • शनिबार, भाद्र ४ २०७९

काठमाडौ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ।

यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।

रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० गतेसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापन गर्न भनिएको छ।

निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकोले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारीरशिक्षक पठाउन आयोगले भनेको हो।

यस्तै अन्यत्र काजमा खटाइएका कर्मचारी भए उनीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता गर्न पनि आयोगको निर्देशन छ। भदौ २० गतेपछि चुनाव नसक्दासम्म कर्मचारी सरुवा नगर्न पनि आयोगले आग्रह गरेको छ।

sajhamanch.com

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend