logo
मंगलबार, कार्तिक ११ २०८३

कमलमा कुष्ठरोग न्युनिकरण सम्बन्धि वार्षिक समीक्षा


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र १२ २०८३

झापा । झापाको कमल गाउँपालिकामा कुष्ठरोग न्युनिकरण सम्बन्धि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका स्वास्थ शाखाको आयोजनामा तथा कमल अपाङ्गता समन्वय समिती  (एनएलएफ) को समन्वयमा गत आर्थिक वर्ष २०८२÷८३ मा कुष्ठरोग न्युनिकरण परियोजनाको उद्देश्य, गतिविधी, कार्यजोजना तथा अपेक्षित उपलब्धिहरूको समीक्षा गरिएको थियो ।

गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्याक्तिहरुकालागी आधारभूत आवश्यकता र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गरीरहेको अध्यक्ष राईले बताउनु भयो ।
वार्षिक समीक्षाले विगतका उपलब्धिहरूको मूल्याङ्कन मात्र नभई सेवा प्रवाहका क्रममा देखिएका कमजोरी तथा चुनौतीहरूको पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै “स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक उपलब्धिलाई थप सुदृढ गर्दै नागरिकले महसुस गर्ने गरी सेवा विस्तार गर्नु हाम्रो साझा दायित्व हो,” रहेको समेत अध्यक्ष राईले बताउनुभयो ।
वार्षिक समीक्षा कार्यक्रममार्फत गाउँपालिकाअन्तर्गत एनएलएफ द्वारा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशामाथि विस्तृत छलफल गरिएको थियो। स्वास्थ्य क्षेत्रमा विगत एक वर्षमा भएका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले जानकारी दिनुभयो।


समीक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई एनएलएफ संग सम्बन्धित स्वास्थ्यका कार्यक्रम सहज रुपमा उपलबध गराउनकालागी यो समिक्षा कार्यक्रम महत्वपुर्ण भएको कमल अपाङ्गता समन्वय समितीका अध्यक्ष पिताम्बर खड्काले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, साझेदार संस्थाका कार्यक्रम अधिकृत धन बहादुर गुरुङ्ग एनएलएफका प्रतिनिधी संचारकर्मी लगायत सरोकारवालाहरूको सहभागिता रहेको एनएलएफ कमलका सचिव लोक बहादुर खड्काले जानकारी दिनुभयो ।
वार्षिक समीक्षा कार्यक्रमले कमल गाउँपालिकाको एनएलएफ संग सम्बन्धित क्षेत्रको समग्र अवस्थाको मूल्याङ्कन गर्नुका साथै आगामी आर्थिक वर्षका एनएलएफका कार्यक्रमलाई थप व्यवस्थित, परिणाममुखी र नागरिकमैत्री बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend