logo
मंगलबार, कार्तिक ११ २०८३

चुलाचुलीमा भूमि प्रशासन सेवा सुरु : जग्गासम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै


  • उमानाथ भण्डारी
  • शुक्रबार, भाद्र ५ २०८३

चुलाचुली / इलामको चुलाचुली गाउँपालिकामा भूमि प्रशासन सम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ ।

गाउँपालिकाको प्राङ्गणमा बुधवार आयोजित एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ ,उपाध्यक्ष दिलकुमारी लावतीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
गाउँपालिकाको भूमि व्यवस्थापन शाखा मार्फत जग्गासम्बन्धी विभिन्न लिखत तथा प्रशासनिक सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि चुलाचुलीवासीले अब जग्गाको कारोबार तथा लिखतसम्बन्धी कामका लागि सदरमुका ईलाम सम्म धाउनुपर्ने बाध्यता कम हुने भएको छ ।


भूमि प्रशासन सेवा सुरु भएसँगै स्थानीय बासिन्दाले गाउँपालिका बाटै विभिन्न प्रकारका लिखत पारित तथा सम्बन्धित सेवा लिन सक्नेछन् । पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जामा जग्गाधनीको विद्युतीय फोटो, औँठाछाप, दस्तखत तथा जग्गाधनी संकेत नम्बर, अंग्रेजी अक्षर प्रोपटि मेल ( पि.एफ), वा प्रोप्रटी थर्ड जेन्डर (पि.टी) र त्यसपछि नौ वटा अंक मिली बनेको ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर (एल.आई.एन) उल्लेख भएका जग्गाधनी प्रमाणपुर्जाका आधारमा सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु हुनु चुलाचुलीका नागरिकका लागि प्रशासनिक विकेन्द्री करणको महत्वपूर्ण उपलब्धिका रूपमा भएको छ ।
यसअघि जग्गासम्बन्धी लिखत पारितल गायतका सामान्य कामका लागि सदरमुका सम्म पुग्नुपर्ने अवस्था रहेकोमा अब गाउँपालिकामै सेवा उपलब्ध भएपछि समय, खर्च र झन्झट कम भएको गाउँपािलकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमि प्रशासन सेवा गाउँपालिकामै सुरु हुनु स्थानीय नागरिकका लागि प्रत्यक्ष लाभ पुग्ने काम भएको बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारको उद्देश्य नागरिकलाई सकेसम्म सहज, छिटो र आफ्नै ठाउँबाट सेवा उपलब्ध गराउनु हो । भूमि प्रशासनसँग जोडिएका कामका लागि च्ुलाचुलीका नागरिकले बर्षौ देखी समस्या झेल्दै आएकोमा आज बाट त्यसको अन्त्य गर्दै सेवा प्रवाहलाई नागरिकको नजिक पु¥याउने प्रयासस्वरूप भुमि प्रसासन सेवा सञ्चालनमा ल्याइएको बताउनु भयो ।
पालिका बाट सेवा सुरु गर्नु मात्रै पर्याप्त नभई यसको प्रभावकारी र पारदर्शी कार्यान्वयनमा पनि गाउँपालिकाको ध्यान रहने छ । भूमि प्रशासनसँग सम्बन्धित विषय संवेदनशील हुने भएकाले कानुनी प्रक्रिया, कागजातको प्रमाणीकरण र सेवाग्राहीको हितलाई प्राथमिकतामा राखेर काम गरीने अध्यक्ष केरुङले बताउनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष दिलु लावतीले भूमि प्रशासन सेवा स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो । सामान्य जग्गासम्बन्धी कामका लागि समय र पैसा खर्च गरेर बाहिर जानुपर्ने बाध्यता कम हुने भन्दै उहाँले सेवा लिन आउने नागरिकलाई आवश्यक सूचना र सहजीकरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।


स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले नागरिकका दैनिक आवश्यकता र समस्यालाई स्थानीय तहमै समाधान गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यक भएको उपाध्यक्ष लावतीले बताउनु भयो ।
गाउँपालिका बाट भुमि प्रसाशन सेवा सन्चालनकालागी आवश्यश्यक जनशक्ति व्यवस्थान भै सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।
वहाँका अनुसार भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पुरा भएको बताउदै सेवा प्रवाहका क्रममा आवश्यक कागजात, कानुनी प्रक्रिया र अभिलेख व्यवस्थापनमा समेत गाउँपालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।
भूमि व्यवस्थापन शाखाका प्रमुख उत्सव कट्टेलका अनुसार पहिलो चरणमा गाउँपालिकाबाट तोकिएका प्रकृतिका लिखत तथा भूमि प्रशासनसम्बन्धी काम मात्र सम्पादन हुनेछन् । स्थानीय तहमा दर्ता र नियमन क्षेत्राधिकार भित्र पर्ने सहकारी संस्था र सदस्यबीचको बन्धकी लिखत तथा व्यक्तिगत दृष्टिबन्धकी लिखतसमेत सेवा प्रवाहको दायरामा राखिएको छ ।


गाउँपालिकाबाट प्राकृतिक व्यक्ति र प्राकृतिक व्यक्तिबीच हुने विभिन्न लिखतसम्बन्धी कामसमेत सम्पादन हुनेछन् । यसअन्तर्गत राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, सगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गा सहितको अंशबन्डा तथा सेवा प्रवाह सम्बन्धित कानुनी व्यवस्था र गाउँपालिकाको अधिकार क्षेत्र भित्र रहेर मात्र सेवा प्रदान गरिने शाखा प्रमुख कट्टेल बताउनु भयो ।
पहिलोपटक गाउँपालिकाबाटै जग्गासम्बन्धी सेवा लिने सेवाग्राहीमध्ये सुरेश थुलुङले आफूले धनिपुर्जा प्राप्त गर्ने काम स्थानीय तह बाट गर्न पाउँदा सहज महसुस भएको बताउनुभयो । लामो समयदेखि जग्गासम्बन्धी कामका लागिसदरमुकाम जानुपर्ने अवस्था रहेकोमा गाउँपालिकामै सेवा सुरु भएपछि स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ । थुलुङका लागि यो सेवा सुरु भएको दिन व्यक्तिगत रूपमा पनि विशेष रह्यो। गाउँपालिकाबाट पहिलोपटक धनिपुर्जा लिने सेवाग्राहीका रूपमा सेवा पाउँदा स्थानीय तहमा आएको परिवर्तनको अनुभूति भएको उहाँले बताउनुभयो। सरकारी सेवा आफ्नै गाउँठाउँमा पाउन सक्नु नागरिकका लागि महत्वपूर्ण सुविधा भएको सुरेश थुलुङले बताउनु भयो ।
चिरञ्जीवी घिमिरेले पनि गाउँपालिका बाटै नक्सासम्बन्धी सेवा लिन पाउँदा सहज भएको बताउनुभयो। जग्गासम्बन्धी काममा कागजात र कार्यालयको प्रक्रियाका कारण सेवाग्राहीलाई अन्योल हुने गरेको अवस्थामा स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा नागरिकलाई प्रक्रिया बुझ्न र आवश्यक काम अघि बढाउन सजिलो भएको घिमिरेले बताउनु भयो ।
चुलाचुलीमा भूमि प्रशासन सेवा सुरु हुनु केवल एउटा नयाँ सेवा थपिनु मात्र नभई स्थानीय सरकारको सेवा प्रवाह प्रणालीमा आएको महत्वपूर्ण परिवर्तनका हो । जग्गा तथा भूमि प्रशासनसँग सम्बन्धित काम नागरिकको दैनिक जीवन, सम्पत्ति र आर्थिक कारोबारसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले यस्ता सेवा नागरिकको घरदैलो नजिक पुग्दा यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा पर्ने देखिन्छ ।
गाउँपालिकाले पहिलो चरणमा निश्चित प्रकृतिका लिखत मात्र पारित गर्ने व्यवस्था गरेको भए पनि भविष्यमा सेवाको दायरा थप विस्तार गर्न सकिने अपेक्षा गरिएको छ। स्थानीय नागरिकको आवश्यकता, प्रचलित कानुन र गाउँपालिकाको अधिकार क्षेत्रअनुसार सेवा विस्तार हुँदै गएमा चुलाचुलीमा भूमि प्रशासनका लागि बाह्य कार्यालयमा निर्भरताको पुर्ण रुपमा अन्त्य हुने छ ।
चुलाचुलीमा भूमि प्रशासन सेवा सुरु हुनु स्थानीय नागरिकका लागि केवल कार्यालय थपिनु होइन, सेवा खोज्दै नागरिक कार्यालयसम्म पुग्ने परम्परालाई बदल्दै सेवा नै नागरिकको नजिक पु¥याउने प्रयास हो । यसको प्रभावकारी कार्यान्वयन हुन सकेमा स्थानीय सरकारप्रति नागरिकको भरोसा थप मजबुत हुने छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend