logo
शनिबार, साउन ३० २०८३

ईप्रका दमकको आयोजनामा केर्खामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, साउन ३० २०८३

कमल । नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीयस्तरमा देखिएका सुरक्षा चुनौती, प्रहरी सेवा तथा जनताका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकको आयोजनामा आज नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ स्थित सिंहदेवी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै समुदायमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

नागरिक सुनुवाई कार्यक्रम स्थानिय वासीले प्रहरी संग प्रत्यक्ष रुपमा लागुऔषध नियन्त्रण, नागरिता, सामुदायिक कुकुर नियन्त्रण, सिसि क्यामेरा जडान, बजार व्यवस्थापन,विद्युत, छाडा चौपायाका कारण सवारी दुर्घटना, सिटी सफारीलाई व्यवस्थित गर्नु पर्ने, धनिपुर्जा वितरण का साथै स्थानिय स्तरमै रहेका सुरक्षा सम्बन्धी समस्या तथा गुनासा सार्वजनिक रूपमा राख्न सकिने भएकाले नागरिकले ठुक्क संग आफ्ना समस्या राखेका थिए ।

कार्यक्रममा यसरी जिज्ञासा राख्नुहुनेमा गोपाल साम्रा, छत्रपती खनाल, विरेन्द्र अधिकारी,केदार चापागाई लक्ष्मण बोहोरा लगायले प्रतिनिधी मुलक जिज्ञासा खाख्नु भएको थियो ।

समाजमा हुने अपराध नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण तथा नागरिकको सुरक्षाका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रहरीको मात्र प्रयासबाट समुदायमा पूर्ण शान्ति र सुरक्षा कायम गर्न सम्भव नहुने भएकाले नागरिकको सहयोग र सहभागिता अपरिहार्य रहेकोले यसै विषयलाई केन्द्रमा राखेर नागरिक र प्रहरीबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेकोले नागरिक सुनवार्य कार्यक्रम राखिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतले बताउनु भयो ।

स्थानीय समुदायमा हुने सामान्य विवाददेखि गम्भीर प्रकृतिका सुरक्षा चुनौती सम्मका विषयमा प्रहरीलाई समयमै जानकारी गराउन सके सम्भावित घटना तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने भएकोले नागरिकले समयमै प्रहरीलाई सूचना उपलब्ध गराउने, शंकास्पद गतिविधिका विषयमा जानकारी गराउने र समुदायमा देखिएका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेका छ ।

प्रहरी जनताको सुरक्षा गर्ने प्रमुख निकाय भए पनि प्रहरीप्रति नागरिकको विश्वास बलियो हुन सके मात्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ। नागरिकले आफ्नो समस्या लिएर प्रहरी समक्ष सहज रूपमा पुग्न सक्ने अवस्था निर्माण हुनु आजको आवश्यक छ। त्यसका लागि प्रहरी संगठनले नागरिक मैत्री सेवा प्रवाह, सहज पहुँच र प्रभावकारी गुनासो सुनुवाइलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै कार्यक्रममा नागरिकले राखेका नागरिकता लगायतका विभिन्न विषयमा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले प्रस्ट पार्नु भएको थियो ।

समाजमा पछिल्लो समय विभिन्न किसिमका सामाजिक तथा सुरक्षा चुनौतीहरू देखिँदै आएका छन्। चोरी, झै–झगडा, घरेलु विवाद, लागुऔषधको प्रयोग तथा ओसारपसार, साइबर अपराध, सडक सुरक्षा, बालबालिका तथा महिला सुरक्षालगायतका विषयमा समुदाय सचेत हुनुपर्ने आवश्यकता रहेको बताउदै यस्ता विषयमा प्रहरी र नागरिकबीच सहकार्य भएमा अपराध न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

विशेषगरी युवापुस्तामा बढ्दो सामाजिक विकृति तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि परिवार, विद्यालय, स्थानीय सरकार, प्रहरी तथा समुदायबीच समन्वय आवश्यक छ। अपराध भइसकेपछि नियन्त्रण गर्नुका साथै अपराध हुन नदिन पूर्वसावधानी र जनचेतना विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। नागरिक सुनुवाईजस्ता कार्यक्रमले यस्ता विषयमा स्थानीयस्तरमा छलफल गर्ने अवसर प्रदान गर्छन्।

समुदायमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता जति आवश्यक छ, नागरिकको सहयोग र जिम्मेवार सहभागिता पनि उत्तिकै महत्वपूर्ण छ। प्रहरी र नागरिकबीच विश्वास, सहकार्य र निरन्तर संवाद कायम हुन सके मात्रै सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।

त्यसैले आजको नागरिक सुनुवाई कार्यक्रमलाई एउटा औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी यसबाट प्राप्त सुझाव, गुनासा र अपेक्षालाई कार्यान्वयनमा लैजान सक्नु यसको वास्तविक उपलब्धि हुनेछ । नागरिकका कुरा सुन्ने, समस्या पहिचान गर्ने, समाधानका लागि पहल गर्ने र त्यसको परिणाम नागरिकलाई जानकारी गराउने अभ्यासलाई निरन्तरता दिन सके प्रहरी सेवाप्रति नागरिकको विश्वास अझ मजबुत बन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend