कमल/ झापाको कमल गाउँपालका ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा गर्भवती महिला लक्षित निशुल्क भिडियो एक्स रे सगै स्वास्थ्य स्वमं सेबिकाको मासिक बैठक सम्पन्न भएको छ ।
लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन बाट गर्भवती महिला लक्षित नि.शुल्क भिडियो एक्स-रे (RUSG) सेवा संचालन सगै महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाको मासिक बैठक सम्पन्न भएको हाे ।
नि.शुल्क रूपमा सन्चालन गरिएको भिडियो एक्स-रे बाट जम्मा २४ जना गर्भवती महिलाह लाभान्वित हुनु भएको छ स्वास्थ्य चाैकिले जनाएको छ ।
भिडियो एक्स रे सन्चालनमा सि अ न मि निरीक्षक हेमादेबी मगरले सेवा प्रदान प्रदान गर्नु भएको थियो भने सि अ न मि अधिकृत डम्बर कुमारि शर्मा, सि अ न मि अधिकृत बिनुता सङ्ग्रौला, अ न मि विद्या प्रधान ले सहजिकरण गर्नु भएको थियो ।
गर्भावस्थाको अवधि (Gestational age) बच्चाको वृद्धि विकास ठीक छ कि छैन,बच्चाको मुटुको धड्कन जाँच,बच्चाको स्थिति (Presentation/Position) थाहा पाउन प्लासेन्टाको अवस्था र स्थान हेर्न,गर्भको पानी (Amniotic fluid) पर्याप्त छ कि छैन मूल्याङ्कन गर्न, गर्भावस्थामा देखिन सक्ने केही असामान्यता वा जटिलता पहिचान गर्न सहयोग पुग्ने सि अ न मि निरीक्षक हेमादेबी मगरले महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो ।
त्यसैगरी स्वास्थ्य चौकी प्रमुख देवराज पराजुली को अध्यक्षतामा सम्पन्न मासिक बैठकमा आमा समुहको बैठक संचालनका आवश्यक १/१ थान रजिष्टर र तालिम प्राप्त महिला स्वास्थ्य स्वयं सेबिका श्री चेत कुमारी बुढाथोकी र गोमा अधिकारीलाई २/२ थान सुगर कीट सगै १/१ थान सुगर लान्सेट स्वास्थ्य चौकी प्रमुख देवराज पराजुलीले हस्तान्तरण गर्नुभयो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले समुदायमा नसर्ने रोगको रोकथाम, पहिचान, सचेतना र स्वास्थ्य संस्थामा प्रेषण गर्न महत्वपूर्ण भूमिका रहेको जनस्वास्थ्य निरीक्षक पराजुलीले बताउनु भयो ।

जनचेतना फैलाउन उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि नसर्ने रोगबारे जानकारी दिने।
स्वस्थ जीवनशैलीबारे परामर्श दिने स्वस्थ खाना खाने, नुन/चिनी कम गर्ने, नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने।
सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रण धूम्रपान, सुर्ती, गुट्खा तथा अत्यधिक मदिराको हानिबारे जानकारी दिने।
जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने मोटोपना, उच्च रक्तचाप, मधुमेहको जोखिम भएका व्यक्तिलाई स्वास्थ्य संस्थामा जाँच गर्न प्रेरित गर्ने।
नियमित स्वास्थ्य जाँचका लागि प्रोत्साहन गर्ने
औषधि सेवनमा सहयोग गर्ने चिकित्सकले दिएको औषधि नियमित सेवन गर्न सम्झाउने र उपचार निरन्तरताका लागि उत्प्रेरित गर्ने।
समयमै प्रेषण गर्ने असामान्य लक्षण वा गम्भीर अवस्था देखिएमा स्वास्थ्य संस्थामा तुरुन्त पठाउने।
घरभेट तथा फलोअप गर्ने दीर्घरोगीको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने।
अभिलेख तथा सूचना संकलनमा सहयोग गर्ने – समुदायमा रहेका नसर्ने रोगका बिरामी तथा जोखिम समूहको जानकारी स्वास्थ्य संस्थासम्म पुर्याउने।
समुदाय परिचालन गर्ने आमा समूह, टोल विकास संस्था तथा समुदायमा स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने लगाएत महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ