logo
शुक्रबार, साउन २९ २०८३

सशस्त्र प्रहरी द्वारा अबैध काठ बरामद


  • उमानाथ भण्डारी
  • सोमबार, साउन २५ २०८३

कमल । सशस्त्र प्रहरी वल पाथिभरा गण द्वारा अबैध काठ बरामद गरेको छ ।

दक्षिणी ईलामको चुलाचुली गाउँपालिका ६ स्थित एक काठमिल बाट सशस्त्र प्रहरी वल ,नेपाल नं.३८ रिजर्भ गण हेड क्वाटर झापा बाट खटिएको टोलिले आईतवार स्थानिय सोम बहादुर विश्वकर्माले संचालन गरेको ईलामेली फर्निचरमा अवैध रुपमा लुकाईछिपाई राखिएको अवस्थामा चिरानका काठ बरामद गरेको हो ।

गाउँपालिकाकको वडा नम्बर ६ स्थित सोम बहादुर विश्वकर्माले संचालन गरेको ईलामेली फर्निचरमा बिषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.३८ रिजर्भ गण हेड क्वाटरको विशेष टोलिले अवधै काठ बरामद गरेको हो ।

प्रहरीले बिषेश सुचनाको आधारमा आई.डि.नं. ३१७८ का सहायक प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेलको कमाण्डमा खटिई गएकोे टोली र सब डिभिजन वन कार्यालय बाह्रकोठेका सहायक धनिराम सिंह सहितको टोलि र सब डिभिजन वन कार्यालय सुखानिबाट जम्दार मदन प्रसाद न्यौपाने तथा सब डिभिजन वन कार्यलय मधुमल्ला बाट रमेश मगर , प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी निरिक्षक कलित यादबका टाली गरी जम्मा ३१जनाको संयुक्त टोलीले काठ बरामद गरेको हो ।

टोलिले विशेष सुचनाको आधारमा काठ मिलमा खानतलासी गर्दा साल जातको चिरान काठ ४ सय ७१ दशमलव ३ क्यु. फिट अबैध काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल पाथिभरा गणका प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

बरामद गरिएको काठको मुल्य ८ लाख १७ लाख ३ सय ३५ रुपैया बराबर रहेको छ भने टोलिले बरामद गरेको काठ आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय बाह्रकोठेमा बुझाएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend