कमल ÷ मुलुक भर विभिन्न कार्यक्रमको आयोजना गरेर ३२ औं विश्व आदिवासी दिवस २०२६ सम्पन्न भएको छ ।
यसै अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिका झापाले समेत दिवसका अवसरमा आयोजित त्रिदिवशिय कार्यक्रम सम्पन्न गरेको छ ।
समन्वय परिषद कमल द्वारा आयोजित त्रिदिवसिय कार्यक्रम अन्तरगत पहिलो दिन कमल ५ पाडाजुगीमा रक्तदान कार्यक्रम गरि दिवस मनाउन सुरु गरेको थियो भने दोश्रो दिन कमल ४ सावित्रा चौक स्थित आदिवासी समाधिस्थलमा वृक्षारोपण तथा आईतवार साँझ कमल ३ स्थित केरखा बजारमा दीप प्रज्वलन गरी त्रिदिवशिय कार्यक्रम सम्पन्न भएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका अध्यक्ष बदी राईले बताउनु भयो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले मुलुक निर्माणकालागी भाईचारा र एकतालाई कार्यम गर्दै आपसी सद्भावका साथ सबै जातजाती धर्म एकजुट भएर लाग्नु पर्ने बेलाआएको बताउनु भयो ।

देश निर्माणमा सबै जातजाती धर्म भाषा संस्कार संस्कृतीको उत्तिकै महत्वहुने भएकोले सबै एकजुट भएमा मात्र देश विकासहुने अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रमममा नेपाल आदिवासी जनजाति महासंघका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।