logo
मंगलबार, कार्तिक ११ २०८३

मुक्तेश्वर शिवालयमा एक दिवसीय रुद्राभिषेक साथै ११ हजार बेलपत्ता द्वारा विग्रहमा अर्पण 


  • कुइनेटो न्युज
  • सोमबार, साउन १८ २०८३

कमल / झापाको  कमल गाउँ पालिका ३ स्थित  श्री मुक्तेश्वर        शिवालयमा आज श्रावण महिनाकाे साेमवारकाे अवसर पारेर  एक दिवसीय रुद्राभिषेक साथै ११ हजार बेलपत्ता द्वारा श्रीमुक्तिश्वर शिव भगवानको विग्रहमा अर्पण  गरिएको छ ।

श्री वैदिक सनातन धर्म संरक्षण समिति केन्द्रीय नेपाल कमल कार्य समिति द्वारा आयोजनामा एक दिवसीय रुद्राभिषेक साथै बेलपत्ता द्वारा श्री मुक्तिश्वर शिव भगवानको विग्रहमा अर्पण गरिएको  हाे ।
कमल गाउँपालिकाका  र  कन्काई नगरपालिकाका गुरुहरु द्वारा संयुक्त रूपमा रुद्राभिषेक साथै  बेलपत्ता  द्वारा विग्रहमा गरिएको थियाे  ।
कार्यक्रम  श्री वैदिक सनातन धर्मसंरक्षण समिति नेपाल कमल कार्यसमितिका अध्यक्ष सन्तोष भट्टराईकाे अध्यक्षता  तथा   वैदिक सनातन धर्मसंरक्षण समिति केन्द्रीय नेपाल का उपाध्यक्ष विवेक गुरागाईंज काे  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको थियाे ।
स्थानीय भजन किर्तन मण्डली परिवारका पदाधिकारी  र मन्दिर  व्यवस्थापन अध्यक्ष सचिव छविलाल ढकाल  एवं सदस्य हरूको  उपस्थिति रहेको थियो।
क्रमको सञ्चालन   समितिका केन्द्रीय उपाध्यक्ष  तथा झापा  झापा जिल्ला कोषाध्यक्ष  गंगाराम रिमालले  गर्नुभएको थियो भने   कन्काई नगरपालिकाका अध्यक्ष युवराज नेपालले शुभकामना मन्तव्य  राख्नु भएको थियाे

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend