कमल । झापाकाे कमल गाउँपालिका ५ स्थित मंगलबारे बजारको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि संघीय सरकारले ३ करोड बजेट विनियोजन गरेको छ।
संघिय रकार बाट विनियोजित बजेटबाट बजार क्षेत्रको भौतिक पूर्वाधार निर्माण, बजार व्यवस्थापन तथा कृषि उपजको सहज किनबेचका लागि आवश्यक संरचना विकास गरिने गाउँ पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले मंगलबारे बजार कमल गाउँपालिकाको प्रमुख कृषि बजार भएकाले यसलाई आधुनिक, व्यवस्थित र किसानमैत्री बजारका रूपमा विकास गर्न संघीय सरकार बाट विनियोजित बजेटले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे
संघीय सरकारले विनियोजन गरेको यो बजेटले मंगलबारे बजारलाई व्यवस्थित र आधुनिक बनाउन ठूलो टेवा पुग्नेछ। यसबाट किसानले आफ्ना उत्पादनको उचित बजार पाउनेछन् भने व्यापारीलाई पनि व्यवसाय सञ्चालनमा सहज हुनुका साथै दीर्घकालीन रूपमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष राईले बताउन भयाे ।
अध्यक्ष राईका अनुसार बजेट कार्यान्वयनपछि स्थानीय किसानले उत्पादन गरेको कृषि उपज बिक्री–वितरण गर्न थप सहज हुने, व्यापारीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सुविधा उपलब्ध हुने तथा समग्र स्थानीय अर्थतन्त्रलाई गति मिल्ने विश्वास लिइएको छ।
गाउँपालिकाले विनियोजित बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मंगलबारे बजारलाई स्थानीय कृषि उत्पादनको प्रमुख तथा व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्दै लगिने गाउँ पालिकाले जनाएको छ ।