logo
शुक्रबार, साउन २९ २०८३

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँ कमिटीको अध्यक्षमा ः नविन


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन २७ २०७९

कमल । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँपालिकाको प्रथम अधिवेशनले आगामी तिन वर्षे कार्यकालकालागी नविन राईलाई अध्यक्षमा चयन गरेको छ ।
कमल गाउँपालिका वडा नम्व ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न अविवेशनले महासंघको उपाध्यक्षमा विर बहादुर चेम्जुङ्ग र गंगा राई सचिवमा शान्ति थापा मगर सह सचिवमा वसन्त थापा मगर र रत्नमाया धिमाल ,कोषाध्यक्ष विष्णु कुमारी श्रेष्ठ निर्विरोध चयन हुनुभएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल कमल गाउँपालिकाका ईन्चार्ज मनोज गुरुङ्गले जाकारी दिन

                 

        अध्यक्ष नविन   
त्यसैगरी महासंघको कमल गाउँसमिटीमा टिका बहादुर सुब्बा, भिष्म राई,छोटु हस्दा, दलजित तामाङ्ग, पदम कुमारी फ्याक, प्रकास आङ्गवो, टिका राई, मिना खवास, ईन्द्र कुमार श्रेष्ठ, नरमायाँ माझि, मिलन धिमाल, सोभित राजवंशी,दिपक लिम्बु र तारापति राई चयन हुनुभएको गाउँपालिकाका ईन्चार्ज गुरुङ्गले बताउनुभयो ।
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल झापा जिल्ला अध्यक्ष विरेन्द्र प्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेकपा एमाले स्थाई कमिटी सदस्य तथा प्रदेश सहईन्चार्ज हिक्मत कार्किले अहिले सम्म प्रदेशको नामाकरण हुन नसक्नु को कारण बताउदै अब छिट्टै सबैलाई मान्यहुने नाम राखेर प्रदेशको नामाकरण हुने बताउनु भयो ।
त्यसैगरी कमल ५ मा रहेको आदिवासी रङ्गशाला निर्वाणकालागी समेत प्रदेश सरकारले रकम विनियोजना गरेको जानकारी गराउनुदै स्थानिय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको कारण कार्यकर्तालाई अवगत गराउदै आउदै गरेको संघ र प्रदेशको निर्वाचनमा सबैले कम्मर कसेर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम केरुङ्ग,एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको जिल्ला ईन्चार्ज चन्द्र सुब्बा, पाटि जिल्ला कमिटी सदस्य चक्र बहादुर गुरुङ्ग, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल झापा जिल्ला उपाध्यक्ष ममता गुरुङ्ग लगायतले कार्यक्रम आदिवासी जनजातीका मुद्धाका विषयमा बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend