logo
शुक्रबार, साउन २९ २०८३

नेकपा धनकुटाको एकता बैठक सम्पन्न, २५१ सदस्य जिल्ला कमिटीको घोषणा


  • कुइनेटो न्युज
  • सोमबार, साउन ४ २०८३

धनकुटा/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह इन्चार्ज बिष्णुमाया कन्दङवा र आरपी बास्तोला, हेमचन्द्र किराती लगायतको उपस्थिति रहेको थियो।

संघीय संविधानमा जनताका अधिकार सुनिश्चित छ तर बर्तमान सरकारले लोकतन्त्रका मूल्य र मान्यताको रक्षा गर्न नसकी एकात्मक, तानाशाही र निरंकुश हुदैछ, बहुमतको दम्भले ग्रसित सिहदरबारको राज्य सत्ताले प्रदेश र स्थानीय तहलाई बलियो होइन कमजोर बनाउन तिर लागेकोले लोकतन्त्रमा समान विचार भएका बामपन्थीको एकता आवश्यक छ भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राईले बताउनुभयो । उनले प्रदेशलाई अस्थिर हुन नदिन प्रदेश सरकारमा नेकपाको नेतृत्वको खोजी हुन थालेको छ भनी बताउनु भएको छ।

त्यस्तैगरी प्रदेश र स्थानीय सरकार जनताको घरदैलोमा सेवा उपलब्ध गराउने जनताको नजिकको सरकार हुन। प्रदेशले नागरिकको भावना र जन अपेक्षालाई आत्मासात गर्छ, संघ, प्रदेश र स्थानीय तह सहितको संघीय संविधानका आधारभूत खम्बा हुन, जसलाई दुईतिहाइको रापले हेरफेर गर्न मिल्दैन अब, प्रदेशको संरचना मजबुत बनाउन धनकुटाबाट पार्टीलाई जनमत दिलाउन लागिपर्न प्रदेश संयोजक मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको थियो। विभिन्न संगठन सम्बन्धीका महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न बैठकको अध्यक्षता जिल्ला संयोजक कुसुम श्रेष्ठ “जुली”ले गर्नु भएको थियो भने संचालन ओम प्रकाश निरौलाले गर्नु भएको थियो।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा पार्टी संयोजक क.पुष्प कमल दाहाल “प्रचण्ड” र सहसंयोजकमा क. माधवकुमार नेपाल रहने र चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो। नेकपाले एकताको संदेश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ।


उहाँले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend