logo
शुक्रबार, साउन २९ २०८३

कमलमा सर्पको डसाई बाट महिलाको मृत्यु


  • कुइनेटो न्युज
  • मंगलबार, असार २३ २०८३

भान्सामै मृत्युको काल बन्यो कोब्रा , खाना पकाउँदै गरेकी महिलाको सर्पदंशबाट ज्यान गयो

कमल । झापाको कमल गाउँपालिकामा गाउँपालिकाको वडा नम्बर ३ शहिद गेट स्थित सर्पको डसार्य बाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ज्ञानबहादुर बेघाकी श्रीमती, ४० वर्षीया सरस्वती बेघा रहेको प्रहरीले जनाएको छ ।

एकछिनअघि परिवारका लागि खाना पकाइरहेकी सरस्वतीको केही क्षणमै विषालु कोब्राको डसाइमा पर्नुभएको थियो । अस्पतालसम्म पुर्‍याइए पनि वहाँलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताउनु भएको छ ।

प्रहरीका अनुसार सोमवार साँझ करिब ७.५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेकी सरस्वतीलाई विषालु कोब्रा सर्पले डसेको थियो। गम्भीर अवस्थामा तत्काल नेपाल रेडक्रस सोसाइटी, दमकमा पुर्‍याएर उपचार सुरु गरिए पनि विषको असर तीव्र भएकाले चिकित्सकले राति १०.४० बजे मृत घोषणा गरेका हुन्।

घटनाबारे राति १०.२५ बजे इलाका प्रहरी कार्यालय दमकमा सूचना पुगेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली तत्काल खटिएको थियो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

वर्षायाम सुरु भएसँगै झापासहित तराईका जिल्लामा विषालु सर्प घरभित्र पस्ने घटना बढिरहेका छन्। विशेषगरी भान्सा, गोठ, दाउरा, पराल तथा अँध्यारोे स्थानमा लुकेर बस्ने कोब्राजस्ता विषालु सर्पको डसाई कारण ज्यानै जानेगरेको छ ।

सरस्वतीको सवलाई आज (मंगलवार) १२ बजे कन्काई नदीमा दहासंस्कर गरिएको मृतकका श्रीमान ज्ञान बहादुर बेघले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend