logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका रहेको आदिवासी रङ्गशाला निर्माणमा राज्य ईमान्दार हुनुपर्ने कार्यक्रमका सहभागीको भनाई


  • उमानाथ भण्डारी
  • बुधबार, साउन २५ २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा रहेको आदिवासी रङ्गशाला निर्माणमा राज्य ईमान्दार हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाको दोश्रो अधिवेशनमा उपस्थित अतिथिहिरुले अधिवेशन सफताको शुभकामना मन्तव्यका क्रममा सो कुरा बताउनु भएको हो ।
आदिवासी रङ्गशाला निर्माण गर्ने भन्दै सो ठाउमा रहेका ७ सय ४५ वटा पक्कि चिहान हटाएर अहिले सम्म पनि राज्यले रङ्गशाला निर्माण कार्यमा आलटाल गरेको प्रति आदिवासी जनजाती नेताहरुले दुःख व्याक्त गर्नु भएको थियो ।
रङ्गशाला निर्माणमा सहमति नजिक पुगेको बन्दै हामिलाई गुमराहामा राखीएको छ । यस विषयामा हामि आदिवासीहरु सचेत हुने बेला आएको छ । हाम्रा अग्रजहरुको चिहान उत्खनन् गरेर त्यस ठाउमा रंगशाला सहित स्मृती पार्क निर्माण गर्ने भनिएपनि राज्य गंभिर नभएका कारण अहिले सम्म रङ्गशाला निर्माण हुन नसक्नु गम्भिर कुरा भएको नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनु भयो ।
कमल गाउँपालिकामा सुचकृत रहेका १९ वटा जातिय सस्था छन् । तिनीहरुको जातिय पैचान बाट गाउँपालिकाको वडा नम्वर ५ मा रहेको आदिवासी रङ्गशाला निर्माण हुने भनिय पनि अहिले सम्म निर्माण हुन नसक्नु दुःखको कुरा हो । हिजो कुरा छोडेर यस ठाउमा रङ्गशाला निर्माणमा सबै लाग्नु पर्छ यसकालागी गाउँपालिकले सकेको सहयोग गर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
संसारका गरिब देशहरुपनि खेलकुदको माध्यम बाट धनि भएका छन् । कमल गाउँपालिकाको विकास सग जोडिएका धेरै ठाउहरु मध्ये आदिवाशी रङ्गशाला प्रमुख हो । रङ्गशाला निर्माणकालगी हिजो जे भएपनि आज कमल गाउँपालिकामा रहेका सबै राजनितीक दल एकै ठाउका आएका छन् । यो रङ्गशाला निर्माण गर्र्ने सके यहाका आदिवासीको मात्र नभएर सबैको विकासहुने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
कार्यक्रममा पुर्व अध्यक्षको तर्फ बाट चन्द्र ताजपुरिया,सल्लाहकारको तर्फ बाट लााल बहादुर काउच मगर, बुद्धिजिवीको तर्फ बाट भिम केरुङ्ग लगायतले आदिवासी जनजातीका अधिकारका विषयमा बोल्दै अधिवेशन सफलताको शुभकामना दिनुभयो ।
त्यसैगरी अधिवेशनको अवसरमा आदिवासी जनजातिका तर्फ बाट कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुकुमसिंह राई, वडा नम्वर २ का वडा अध्यक्ष अशोक सुब्बा, ७ नम्वर वडा अध्यक्ष पृथ्विपति राई कार्यपालिका सदस्य चन्द्कला लिम्बु, गंगादेबी राई, सोभियत राजवंशी, भगवती राई। वडा सदस्य कलपना राई,एङ्गल गुरुङ्ग, सन्त कुमार मगर,नविन राई, ओम प्रधान चुरुहाङ्ग लावतीलाई सम्मान गरीएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाका अध्यक्ष छत्रहाङ्ग फागोले समन्वय परिषद्का तर्फ बाट तयार परिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव मन कुमार तामाङ्गले कार्यक्रमको सन्चालन गर्नुका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो त्यसैगरी उपाध्यक्ष अकल बहादुर गुरुङ्गले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend