कमल । झापाको कमल गाउँपालिकामा आज गाउँ सभाको १९औं अधिवेशन सुरु भएको छ ।
अधिवेशमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागी वार्षिक नीति ,कार्यक्रम तथा बजेट सभामा पेश गरिएको छ ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८३÷०८४ निति तथा कार्यक्रम सभामा पेश गर्नु भएको थियो ।
अध्यक्ष राई द्वार सभामा पेश गरिएका नीति तथा कार्यक्रमा कमलको समृद्धिकालागी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने ,उत्पादनमा आधारित अनुदान, व्यवसायिक खेती प्रवद्र्धन,कृषि सिँचाइ महसुलमा सहुलियत, र कृषिलाई यान्त्रीकरण गरिने निति रहेको कार्यक्रम सभामा पेस गर्नु भएको थियो ।
त्यसैगरी पशु विकास तर्फ उद्यमशीलता विकासमा जोड दिइने , दुग्ध तथा पशुजन्य उत्पादनको बजारीकरण सुदृढ गरिने,सुत्केरी पशु पोषण कार्यक्रम सञ्चालन गरिने, बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने, रेबिज नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाइने,नस्ल सुधार कार्यक्रमलाई सुदृढ गरिने लगायतका कार्यक्रम सभामा पेश भएको थियो ।

स्वास्थ्य सेवा तर्फ कमल नगर अस्पतालबाट आवश्यक जनशक्ति, उपकरण सहित २४ सै घण्टा नियमित सेवा सञ्चालन गरिने,स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने, कमल गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको भौतिक पक्षको सुधार गरिने, लखनपुर स्वास्थ्य चौकीको नँया भवनबाट सेवा प्रवाह गरिने नीति रहेको छ ।
त्यस्तै पर्यटन तर्फ साधुहोली सिमसार तथा कमल पोखरी पर्यटकिय क्षेत्रको विकासका लागि जोड दिनुका साथै भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई संघिय सरकारको नियम बमोजिम व्यबस्थित गर्ने नीति लिईने छ । त्यस्तै सामुदायिक विध्यालयको सुधार, युवालाई रोजगारी, भौतिक पुर्वाधार विकासमा जोड ,खेलकुदक्षेत्रको विकास लगायतका निति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले ८३ करोड ६९ लाख ५३ हजार १७८ रुपैयाको बजेट सभामा पेश गर्नु भएको थियो ।

पेश गरिएको बजेटको आय तर्फ आन्तरिक राजस्व ५९ करोड ४७ लाख ५ हजार, राजस्व बाँडफाँड तर्फ १४ करोड ८८ लाख २ हजार १८७, अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ १६ करोड १९ हजार, संघिय सरकार बाट हस्तान्तरित कार्यक्रमकालागी ४४ करोड ६९ लाख तथा प्रदेश सरकार बाट हस्तान्तरित कार्यक्रमको रकम २ करोड १७ लाख ५७ हजार रुपैयाको आय तर्फको बजेट सभामा प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी व्ययतर्फ (संघिय) चालुतर्फ व्यय४२करोड ३९लाख (संघिय) पुँजीगत तर्फ व्यय २३ करोड (प्रदेश) चालुतर्फ व्याय ३८ लाख ५७ हजार (प्रशेश)पुँजीगत तर्फ व्यय १ करोड ७९ लाख (पालिका चालुतर्फ) १२ करोड २३ लाख ३० हजार (पालिका ) पुँजीगत तर्फ व्यय २४ करोड ५९ लाख ६६ हजार १७८ रुपैयाको बजेट सभामा पेश गर्नु भएको थियो ।