logo
शुक्रबार, साउन २९ २०८३

काँकडभिट्टा— लौकही सडक स्तरोन्नतीको वातावरणीय प्रभाव मुल्यांकन बारे सार्वजनिक सुनवाई


  • उमानाथ भण्डारी
  • सोमबार, साउन २३ २०७९

कमल । काँकडभिट्टा— लौकही सडक स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेनका सम्बन्धमा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित अस्थाई कोभिड अस्पतालको सभाहलमा सम्पन्न भएको कार्यक्रममा काँकडभिट्टा — लौकही सडक १ सय २० किलोमिटर लम्वाई अन्तर्गत कमल गाउँपालिका क्षेत्र भित्र पर्ने वडा नम्वर ३,४ र ५ का सरोकारवालहरु बिच सार्वजनिक सुनवाई गरीएको हो ।
सडक निर्माणका समयमा हुने सक्ने विध्यामान वातावरणीय अवस्था, वायु ध्वनि तथा पानिको गुणस्तर, ,जैविक वातावरण, वनको व्यवस्थापनका प्रकार, सामाजिक,आर्थिक र संस्कृतिक अवस्था,बन्यजन्तु ओहोरदोहोर गर्ने अवस्थाका बारेमा सडक आयोजना कार्यलयका सामाजिक विकास तथा पुनर्वास विशेषज्ञ रविन ढकालले जनाकारी गराउनु भएको थियो ।
नेपाल सरकारले प्रस्तावित सार्क राजमार्ग अन्तर्गत काँकडभिट्टा— लौकही सडक स्तरोन्नतीका लागी एसियाली विकास बैकले विस्तृत अध्यायन र निर्माणगरी हालको २ लेनको सडकलाई ४ लेनमा स्तरोन्नती गर्ने छ । त्यस अन्तर्गत ७१ वटा पुल, ३ सय ६६ वटा बक्स कल्भट निर्माण गर्ने आयोजनाका वातावरणविध राजन श्रेष्ठले बताउनुभयो ।
विस्तृत लागत परियोजनामा सडक निर्माणकालागी तिन क्षेत्रमा विभाजन गरिएको छ । जस अन्तर्गत शहरी क्षेत्रमा ५० मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र ग्रामिण क्षेत्रमा २४ मिटर कालोपत्रे हुनेछ ।
झापा जिल्लामा पर्ने एउटै मात्र गाउँपालिका यस्तो हो जो मुख्य राजमार्ग संग जोडिएरको छ तर सडक आयोजनाले यसलाई ग्रामिण क्षेत्रमा विभाजन गरिएकोले यो परिबर्तन गरी अर्ध शहरी क्षेमा रुपान्तरण गरी सोहिअनुसार सड निर्माण गर्नुपर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
सडक निर्माणको क्रममा १ उप महानगरपालिका, १२ नगरपालिका र ४ गाउँपालिका समेटीने छन् भने ८२ वटा वडा प्रभावित हुनेछन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend