चुलाचुली । इलाम जिल्लाको दक्षिणी भागमा अवस्थित चुलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र विविध संस्कृतिको संगमस्थलका रूपमा परिचित छ ।
चुलाचुली गाउँपालिकाले पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउदै समृद्ध र आत्मनिर्भर स्थानीय तहका रूपमा निरन्तर अगाडी बढी रहेको छ ।
इलामको दक्षिणी क्षेत्रमा फैलिएको चुलाचुली गाउँपालिका प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण स्थानीय तह हो । कृषि, पशुपालन, पर्यटन तथा व्यावसायीक क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विकास निर्माणका कार्यलाई तीव्रता दिएको छ ।
दोश्रो कायृकालकालागी जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले नागरिकको आवश्यकता पहिचान गर्दै सडक, पुल, कल्भर्ट, विद्यालय भवन, खानेपानी, कृषि तथा पशुपालनका क्षेत्रमा योजनाबद्ध गरिएको लगानीले आज यो उपलब्धि हाँसिल गर्न गाउँपालिका सफल भएको हो ।
विकासको पहिलो आधार भनेकै सडक हो । यही मान्यतालाई आत्मसात गर्दै चुलाचुली गाउँपालिकाले ग्रामीण सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।
गाउँपालिका भित्रका विभिन्न वडाहरूलाई जोड्ने सडकको कालोपत्रे,स्तरोन्नति, उच्च स्तरको ग्राभेल, ड्रेन निर्माण,प्लमवाल तथा सडक विस्तार विध्यालय भवनलाई सडक निर्माणले नागरिकको आवागमन सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पु¥याउन समेत ठूलो सहयोग पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ बताउनुहुन्छ ।

चुलाचुली गाउँपालिकाको समग्र विकासको आधार भनेकै पूर्वाधार हो । त्यसैले गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ अहिले धमाधम निर्माणका काम भै रहेका छन् अधिकास सडकहरूको स्तरोन्नति भइसकेको छ भने केही सडकमा कालोपत्रे तथा ढल निकासको काम अगाडि बढिरहेको छ । हिउँदमा मात्र यातायात सन्चालन हुने गाउँपालिकामा अहिले वर्ष भरि नै यातायात सन्चालन गर्ने लक्ष्यसहित सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं भने निर्माण भै रहेका योजनाको अनुगमनलाई समेत निरन्तता दिएको गाउँपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु योङ्गहाङले जानकारी दिनुभयो ।
स्थानीय सरकार नागरिक कै घरआँगनको सरकार भएर पनि होला नागरिकका दैनिक आवश्यकता, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य,कृषि, पूर्वाधार र बजार व्यवस्थापनका विषयमा प्रत्यक्ष रूपमा काम गर्ने निकायका रूपमा चुलाचुली गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । गाउँपालिकाले सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउदै नागरिकका जनगुनासोलाई अधिकतम् समाधान गर्ने तर्फ गाउँपालिकाको सिंगोटिम लागिपरेको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य बताउनुहुन्छ ।

चुलाचुली गाउँपालिकामा चालुआर्थिक वर्षमा आन्तरिक श्रोतका साथै प्रदेशर संघीय सरकार बाट प्राप्त विशेष र समपुरक अनुदान बाट पालिकाका ६ वटै वडामा सडक कालोपत्रे , स्तरउन्नती ,विध्यालयका भवन निर्माण गर्ने काम अन्तिम अवस्थामापुगेको छ । यसका साथै वर्सादको समयमा हुन सक्ने नदिजन्य विपदलाई न्युनिकरण गर्न समेत गाउँपालिकाले कमल लगायतका खोलामा टतवन्द गरेको ईन्जिनियर विकल खनाल बताउनुहुन्छ ।
वर्षा याममा खोला तथा खोल्सामा आएको वाढीका कारण आवागमनमा हुने समस्या समाधान गर्न गाउँपालिकाले विभिन्न स्थानमा पुल तथा कल्भर्ट निर्माणलाई प्राथमिकता दिएको छ । जस अन्तरगत वडा कार्यालय र गाउँपालिको सहकायमा ३३ लाख रुपैयाको लागतमा वडा नम्बर १ स्थित विष्ट होलि र दाहाल खोल्सिमा कल्भट निर्माणको कार्य हुदैछ ।
नयाँ पुल तथा कल्भर्ट निर्माणसँगै वर्षौंदेखिको स्थानीयको समस्या समाधान हुने भएको छ । विद्यार्थी, किसान तथा सर्वसाधारण नागरिकलाई आवतजावतमा सहजहुने । वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष लाल बहादुर चाम्लिङ राई बताउनुहुन्छ ।
शिक्षा विकासको मेरुदण्ड हो । गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार आवश्यक हुने भएकाले गाउँपालिकाले विद्यालय भवन निर्माण ,मर्मत तथा शैक्षिक सामग्री व्यवस्थापनमा विशेष ध्यान दिएको छ । अधिकास विद्यालयमा नयाँ भवन निर्माण भएका छन् भने पुराना भवनहरूको मर्मत तथा स्तरोन्नति गरिएको छ । विद्यालय परिसर व्यवस्थित भए संगै शैक्षिक वातावरण सुधार उन्मुख भएको छ ।

गाउँपालिकाले पुर्वाधार तर्फ सडक निर्माणका साथै सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर सुधारकालागी समेत विध्यालय भवन निर्माण कार्यलाई तिव्रता दिएको छ । जस अन्तरगत वडा नम्बर २ को जनता माध्यमिक विध्यालय र वडा नम्बर १ स्थित शिवज्योति आधारभुत विध्यालयमा भवन निर्माणको काम भै रहेको छ । नयाँ भवन निर्माण पछि कक्षा सन्चालनमा धेरै सहजहुने र शैक्षिक गुणस्तरमा समेत सुधारहुने शिवज्योति आधारभुत विध्यालयकी प्रधानाध्यापक रीना माखिम सुब्बा बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकाको ६ वटा वडा मध्ये वडा नम्वर १ यस्तो वडा हो । जहाँ देवनागरिकका साथै श्रीजङ्गा लिपीमा समेत सरकारी कामकाज हुन्छ । वडाका स्वकृत वार्षिक योजनाका साथै गाउँपालिकाले समेत वडा नम्बर १ मा पुर्वाधार तर्फ धेरै काम गरेको छ । जसमा वडा नम्बर १ देखी ६ सम्म जोड्ने चुलाचुली मार्ग कालोपत्रे भएको छ । त्यस्तै कमल खोलमा टतबन्ध,वडा नम्बर १ र २ जोड्ने वाघद्वार खोलामा ट्रष्ट व्रिज निर्माणको प्रकृयामा रहेको वडा सचिव गोविन्द प्रसाद ढकाल बताउनुहुन्छ
त्यसैगरी वडा नम्बर १ मा २०२९ सालमा स्थापना भएको किराँत हाङ्गसाम साम्योक माङहिमको कम्पाउण्डवाल घेरावार गर्ने काम सम्पन्न भएको छ भने वडा नम्बर २ स्वामिचोकमा रहेको दुर्गा मन्दिरमाको मर्मत तथा छानामा ट्रष्ट लगाउने काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको सहयोगमा अर्नाखाडी हुदै झापाको कमल गाउँपालिका ३ मा रहेको टेक्सि स्टेण्ड जोड्ने सडक २ हजार ५ सय मिटर कालोपत्रे गर्नेकाम सम्पन्न भएको वडा सचिव निर्मला घिमिरेले बताउनुभयो । ।

त्यसैगरी वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको पालिकाकै गौरवको योजना चुलाचुली स्तरिय सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ । संघिय सरकारको ३ करोड ५० लाख रुपैयाको लागतमा निर्माण हुदै गरको यो सभाहल विशेष गरेर पर्याटन विकालाई लक्षित गरेर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नम्बर ३ मै रहेको सीमल तरुल प्रशोधन केन्द्र र कृषि भवन लगायत वडा नम्बर ३ मा पुर्वाधार तर्फ धेरै परिवर्तन भएको वडा अध्यक्ष प्रेम श्रेष्ठ बताउनुहुन्छ ।
चुलाचुली गाउँपालिकालाई विकास, समृद्धि र सुशासनको नमुना गाउँपालिका बनाउने अभियानलाई केन्द्रमा राखेर जनप्रतिनिधी र कर्मचारीको निरन्तर प्रयासले आज आम नागरिकको साथ र सहयोग बाट समृद्ध गाउँपालिका निर्माण तर्फ अगाडी बढेको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक स्थानिय वासी, तथा सम्पूर्ण नागरिकको साझा प्रयासले आज चुलाचुली गाउँपालिका समृद्ध र आत्मनिर्भर स्थानीय तहका रूपमा अगाडी लम्कि रहेको छ ।