logo
शुक्रबार, साउन २९ २०८३

साना किसान कृषी सहकारी सस्था द्वारा शैक्षिक सामाग्री बितरण


  • मनुशा पौडेल
  • बुधबार, जेष्ठ २० २०८३

चुलाचुली ÷ इलामको चुलाचुली गाउपालिकामा रहेको श्री साना किसान कृषी सहकारी सस्था विध्यार्थिलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
चुलाचुली लाई आफ्नो कार्यक्षेत्र बनाएर सन्चालनमा रहेको सहकारीले गाउँपालिका भित्र रहेका विध्यालयमा अध्यायनरत गरीब,बिपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वडा नम्वर ३ स्थित श्री सुर्योदय आधारभुत बिद्यालयमा अध्यायनरत ५० जना र वडा नम्बर ४ स्थित श्री किराँत चोलुङ आधारभुत बिद्यालयमा अध्यायनरत ६० जना गरी १ सय ५० जना विध्यार्थिलाई ब्याग,कापी तथा पेन्शिल बितरण गरिएको सस्थाकी अध्यक्ष हिमकला बस्नेतले बताउनुभयो ।

त्यसैगरी सस्थाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिद्यालयमा समेत शैक्षिक सामाग्री बितरणका साथै विद्यार्थीहरुका लागी मनोसामाजिक परामर्ष तथा लागु पदार्थ दुब्र्यसनी बिरुद्ध सचेतना मुलक कार्यक्रम सन्चालन गरेको सस्थाले जनाएको छ ।

जनता माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ सहकारी सस्थाकी हिमकला बस्नेत, लेखा समिती सयोजक गिता पुरी, बिद्यालय प्रधानअध्यपक लक्ष्मेश्वर प्रसाद बनबरीया लगायतको उपस्थितीमा कायृक्रम सम्पन्न भएको थियो ।

१ हजार ३ सय ४९ जना शेयर सदस्य रहेको सस्थामा पुँजी २ करोड ३४ लाख रुपैया रहेको छ । त्यसैगरी निक्षेप मौज्दात १० करोड ६ लाख ६० हजार रुपैया रहेको सस्थाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend