logo
शुक्रबार, साउन २९ २०८३

ब्राईट फ्यूचर बाल क्लबको ७ औं वार्षिक उत्सव सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ १६ २०८३

कमल । झापाको कमल गाउँपालिका ७ मा रहेको ब्राईट फ्यूचर बाल क्लबको ७ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

बाल क्लवका अध्यक्ष जंग बहादुर खड़काको अध्यक्षता तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडा अध्यक्ष पृथ्वीपती राईको विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लवले वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको विशेष कार्यक्रमा उत्कृष्ट बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा क्लबका संरक्षक जय प्रसाद भण्डारी, क्लबका संस्थापक सल्लाहकार संयोजक एबम कार्यक्रम संयोजक साथै क्लबका प्रवक्ता हेमराज भण्डारी, लखनपुर साना किसान कृषि सहकारी सस्थाका प्रबन्धक टंक प्रसाद पराजुली,लगनशील युवा क्लबका अध्यक्ष निशान लामिछाने, कमल बाल संजालका उपाध्यक्ष रचित आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend