कमल । झापाको कमल गाउँपालकालाई आज “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” घोषणा गरिएको छ ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सगै कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाका सातै वडामा सफलतापूर्वक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकोले पनि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको हो ।

गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्म ल्याउनकालागी गाउँपालिकाले सञ्चालन गरेका स्वास्थ्य संग सम्मन्धित सम्मुर्ण कार्यक्रम सफल पार्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै गाउँपालिका भित्र सन्चालनमा रहेका ८ वटै आधारभुत स्वास्थ्य केन्द्र, सातै वाड तथा २४ जना महिला स्वास्थ्य स्वायम सेविकालाई प्रसंशा पत्र द्घारा सम्मान गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायस्तरमा खटिएका अभियानकर्मीहरूको अथक मेहनत, समर्पणले मात्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको उल्लेख गर्दै यो केवल स्वास्थ्य संग सम्बन्धित कार्यक्रम मात्र नभई, तपाई हाम्रो सामाजिक जिम्मेवारी र भावी पुस्ताप्रतिको दायित्व पनि हो । तपाई हामी सबैको साझा प्रयासबाट मात्र आजका दिनमा गाउँपालिकालाई पूर्ण खोप अभियानलाई दिगो बनाउन सफल भएका छौं ।
त्यसैले स्वस्थ्य, सुरक्षित र समुन्नत कमल निर्माणका लागि हामी सबैको सहभागिता अपरिहार्य भएको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
कमल वासी सबैको सक्रियता, दूरदृष्टि र स्वास्थ्य क्षेत्रप्रतिको विशेष प्रतिबद्धताका कारण कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको छ । यस निरन्तर कार्यान्वयन गर्न तपाई हामि सबै लाग्नुपर्ने गाउँपालिका उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
कमल गाउँपालिकाका सातै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको अवस्था स्वयंमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको छ ।
यो उपलब्धिले आगामी दिनमा गाउँपालिकालाई बालमैत्री, सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका खोप कार्यक्रम फोकल पर्सन, राज कुमार पोख्रेल प्रदेश तहका प्रतिनिधिहरू, विभिन्न स्वास्थ्य निकायका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले गनुृ भएको थियो ।