logo
शुक्रबार, साउन २९ २०८३

अध्यक्ष राई द्वारा “कमल स्वायं सहायता कृषि सहकारी संस्था लि”को उद्घाटन


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ ११ २०८३

कमल । झापाको कमल गाउँपालकामा आज एक कार्यक्रमका बिच कमल “स्वायं सहायता कृषि बहुउद्देश्यीय सहकारी संस्था लि” उद्घाटन गरिएको छ ।

कमल २ क्याम्पामा कार्यालय रहनेगरे गरि स्थापना गरिएको सहकारी संस्थाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुहसिंह राईले गर्नु भएको थियो ।

अध्यक्ष राईले सहकारी सस्थाको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा भन्नुभयो तपाईहरु आफै मेहनती र ईमान्दार हुनुहुन्छ । अहिलेको सहकारीको अवस्था बुझ्नु भएकै छ । लगनशिल र ईमान्दार भएर सहकारीलाई सबैको अपनत्व हुनेगरी काम गर्न सहकारीका सदस्यलाई शुभकामना दिनुभयो ।

अपाङ्गता मिलिजुली समुहमा रहेको बचत रकमलाई व्यवस्थित गर्न सहकारीको स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो । यो सहकारी मार्फत अपाङ्गता भएका व्याक्तिहरुको हकहित गर्दै अघि बढ्ने उपाध्यक्ष तिवारी बताउनु भयो ।


सहकारी सस्थालाई व्यवस्थित रुपमा सन्चालन गर्नकालागी नेपाल कुष्टरोग संगती (ल्ीँ) झापाले एक थान कम्प्युटर र कार्यलय व्यवस्थापनलागी आवश्यक सहयोग गरेको पिताम्वर खड्काले जानकारी दिनुभयो ।

सहकारीमा अवद्ध भएका सदस्यले आफैले उत्पादन गरेको सामन विक्रि वितरण गर्ने उद्देश्यले सहकारी स्थापन गरेको हो । सदस्यले उत्पादन गरेका मुढा,कुचो,झाडु। स्टेसनरी, अग्र्यानिक साबुन, फिनेल, झोल साबुन सर्फ लगायतका समान विक्रि गर्ने उद्देश्यले सहकारीको स्थापना गरिएको सस्थाका अध्यक्ष लंक बाहादुर खड्काले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, कार्यपालिका सदस्य चन्द्रकला सुब्बा,लेखा अधिकृत श्रृजना राई सामाजिक विकास शाखाका प्रमुख रिता कार्की लगायतको उपस्थिती रहेको थियो ।

सस्थाका सदस्य जीवन घिमिले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई उपाध्यक्ष मनकुमार तामाङ्गले शाब्दिक शब्द द्वार स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend