कमल । झापाको कमल गाउँपालिकामा पालिका स्तरिय भजन गायन प्रतियोगिता सम्पन्न भएको छ ।
श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमिति झापाको आयोजनामा त्रिदिवसीय ऐतिहासिक भजन कीर्तन सम्मेलन तथा पालिका स्तरीय भजन गायन प्रतियोगिता सम्पन्न भएको हो ।
कमल ६ स्थित लक्ष्मी नारायण मन्दिरको सभाहलमा शुक्रवार बाट सुरु भएको प्रतियोगितामा कमल गाउँपालिकामा रहेका करिब १ सय ३७ वटा कीर्तन परिवार मध्ये ४१ वटा कीर्तन मण्डली प्रतियोगितामा सहभागी भएका थिए । सहभागी मध्ये १६ वटा कीर्तन समुहले पहिलो चरण पार गर्दै फाईनलमा प्रवेश गर्न सफल भएका थिए ।

द्वतिय : राधाकृष्ण कर्तिन मण्डली
फाईनल प्रवेश गरेका कीर्तन मण्डली मध्ये गायन प्रतियोगिता तर्फ कमल ४ स्थित सिद्धार्थहरि कीर्तन मण्डली प्रथम, कमल ३ स्थित राधाकृष्ण कर्तिन मण्डली द्वतिय तथा कमल २ स्थित लक्ष्मीनारायण कीर्तन मण्डली तृतिय र कमल ३ कै पाथिभरा कीर्तन मण्डली र कमल ५ स्थित माता पाथिभरा कीर्तन मण्डलीले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको निर्णयक समितिका संयोजक कैलाश थापा मगरले जानकारी दिनुभयो ।

तृतिय: लक्ष्मीनारायण कीर्तन मण्डली
विजेता कीर्तन मण्डलीलाई क्रमश ७ हजार , ५ हजार ३ हजार र एकएक हजार नगद सहित प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट भेषभुषा तर्फ कमल ३ स्थित सिंहदेवी कीर्तन मण्डली प्रथम, कमल ५ र ६ स्थित गीताञ्जलि कीर्तन मण्डली द्वतिय तथा कमल ४ स्थित सिद्धदेवी कीर्तन मण्डली तृतिय भएको निर्णायक समिति संयोजक थापाले जानकारी दिुभयो ।
त्यस्तै उत्कृष्ट प्रतिवेदन पेश गर्ने कीर्तन परिवार तर्फ कमल ५ स्थित जेष्ठ नागरिक कीर्तन मण्डली प्रथम , कमल ३ स्थित लक्ष्मिनारायण कीर्तन मण्डली द्वतिय तथा कमल ६ स्थित पुष्पाञ्जली कीर्तन मण्डली तृतिय भएका श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमितिका लेखा समिति संयोजक फणिन्द्र गडतौलाले जानकारी दिनुभयो ।
भेषभुषा तथा प्रतिवेदन तर्फ प्रथम द्वतिय र तृतिय हुनेलाई प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको समितिका सदस्य सन्तोस सापकोटाले बताउनु भयो ।

बैद्विक सनातन धर्मलाई संरक्षण गर्दै भजन कीर्तन मार्फत सभ्य समाज निर्माण गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गर्नुका साथै भावि पुस्तालाई सनातन धर्मका बारेमा जानकारी गराउदै लोप हुदै गएको संस्कार संस्कृतीका वारेमा समेत युवालाई सचेतना जगाउनकालागी कार्यक्रम आयोजना गरिएको श्री भजन कीर्तन मण्डलीका केन्द्रिय अध्यक्ष बलभद्र सिवाकोटीले बताउनु भयो
नयाँ पुस्तालाई धर्मसंकृतीका बारेमा सचेतना जगाउनु अत्यन्तै आवश्यक छ । जब कुनैपनि देशमा धर्म संस्कार संस्कृती लोप हुदै जान्छ समाजमा विकृती र विसंगती बढ्दै जान्छ त्यसैले गाउँपालिका भित्र रहेका कीर्तन मण्डलीलाई संगठित गर्दै मौलिक भजन कीर्तन मार्फत समाजलाई सुसुचित गर्ने उद्येश्यका साथ कार्यक्रम आयोजना गरिएको श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमितिका अध्यक्ष हरि गजुरेलले बताउनु भयो ।

कार्यक्रममा भुतपस्वी वृन्दा बरालले विजेता कर्तिन मण्डलीलाई शुभकामना दिदैं कमल गाउँपालिकामा भजन कीर्तन मार्फत आध्यात्मिक चेतना अभिवृद्धि गर्दै सनातन धर्म , संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमिति सचिव कमल प्रसाद सापकोटाले गर्नु भएको थियो ।