logo
शुक्रबार, साउन २९ २०८३

झापा जिल्ला अदालतमा “मिट द जज” कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ ४ २०८३

झापा /  झापा जिल्ला अदालतमा “मिट द जज” कार्यक्रम सम्पन्न भएको छ।

झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश  उमेशप्रसाद लुईटेलसंग अदालतका सेवाग्राही सरोकारवालाहरुले भेटघाट गरेका हुन।

सेवाप्रदायक कार्यालय अदालतबाट प्रवाह हुने सेवा (service delivery) के कस्तो पाउनु भएको छ? भनि सेवाग्राहीले प्रमुख न्यायाधीशले राखेको जिज्ञासामा सहभागी सेवाग्राहीले आ-आफ्नो धारणा र प्रतिक्रिया दिएका थिए ।

अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सेवा सुविधाको अबस्था, अदालत र कर्मचारीबाट सेवाग्राही प्रति गरिएको वेवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको बिषयमा सेवाग्राहीसंग न्यायाधीशको प्रत्यक्ष भेटघाट गरिएको भनी झापा जिल्ला अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले बताउनु भयो। उहाँले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्य सम्पादन गरिने भनि बताउनु भयो।

अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन र सेवा प्रवाह अझ जनमैत्री बनाई सेवाप्रवाहमा अझ सुधार ल्याउन “न्यायाधीश भेटघाट” (meet the judge) कार्यक्रम संचालन गरिएको हो। अदालतले प्रवाह गर्ने सेवा प्रवाह (service delivery) के कस्तो छ ? र सेवाग्राहीले सेवाप्रदायक निकायबाट के कस्तो अपेक्षा गरेका छन? आदी बारेमा सरोकारवालाको धारणा बुझन “न्यायाधीशसंग भेटघाट” (meet the judge) कार्यक्रम गरिएको छ।

न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग विचाराधीन मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारवाही, सेवा प्रवाह प्रक्रियामा भएका असन्तुष्टी र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको छ । अदालतको सेवाप्रवाहमा कुनै गुनासा वा जानकारी लिनु परेमा अदालतको https://supremecourt.gov.np/court/jhapadc वेवसाइटमा राखिएको सम्पर्क नं बाट जानकारी लिन सकिने छ भनी अदालत प्रशासनले जनाएको छ।

न्यायाधीश भेटघाट कार्यक्रममा ४० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा गौरिगज्ज न्यायीक समिति सदस्य तथा मेलमिलापकर्ताहरूसंग अन्तरक्रिया समेत गरिएको थियो।

उक्त कार्यक्रममा गौरिगज्ज गा. पा. की उपाध्यक्ष, एवं न्यायिक समिति संयोजक पुजन न्यौपाने कुवर तथा अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend